खेलकुद

वुमन्स च्याम्पियन्स लिग (डब्लूसिएल) : फाइनल खेलमा चितवन राइनोजले क्याट क्विन्स काठमाडौंलाई दियो १ सय १३ रनको लक्ष्य

बिहीबार, कार्तिक ७ : वुमन्स च्याम्पियन्स लिग (डब्लूसिएल) को फाइनल खेलमा चितवन राइनोजले क्याट क्विन्स काठमाडौंलाई १ सय १३ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय १२ रन बनायो । कप्तान इन्दु बर्मा १९ बलमा ४ चौका २२ सहित र प्यारी चाधरी ३ रनमा अविजित रहे । इन्दुले सरस्वती कुमारी चौधरीलाई अन्तिम ओभरको चौथो,पाँचौ र छैटौं बलमा लगातार चौका प्रहर गरेकी थिइन् । राम्रो सुरुवात गरेको चितवनले नवौं ओभरको पाँचौ बलमा पहिलो विकेटका रुपमा ओपनर काजल श्रेष्ठलाई २१ रनमा गुमाएको थियो ।

सरस्वती कुमारीले नितु भण्डारीबाट उत्कृष्ट क्याच गराउँदै कञ्चन श्रेष्ठ र काजलबीच पहिलो विकेटको ४९ रनको साझेदारी तोडेकी थिइन् । लगत्तै १० ओभरको पहिलो बलमा लक्ष्मी साउदले अर्की ओपनर कञ्चन श्रेष्ठलाई १९ क्याच आउट गराउँदै काठमाडौंलाई खेलमा फर्काएकी थिइन् ।

मध्यक्रममा सुमन खतिवडाले २५ बलमा ५ चौका सहित २९ रन जोड्दै राम्रो योगफलतर्फ चितवन अघि बढाइन् । सुमनलाई १५ ओभरको अन्तिम बलमा संगिता राईले बोल्ड आउट गरिनन् । रितु कनौजिया ६ रनमा रन आउट भइन् । काठमाडौंकी संतिगा राई,लक्ष्मी साउद र सरस्वती कुमारी चौधरीले समान १ विकेट लिए ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button