खेलकुद

वुमन्स च्याम्पियन्स लिग (डब्लूसिएल) को उपाधि चितवन राइनोजलाई

चितवन राइनोजले वुमन्स च्याम्पियन्स लिग(डब्लूसिएल) को उपाधि जितेको छ । विहीबार फाइनल खेलमा क्याट क्विन्स काठमाडौंलाई ४५ रनले पराजित गर्दै चितवनले उपाधि जितेको हो । चितवनले ७ लाख प्राप्त गर्दा उप विजेता काठमाडौंले ३ लाखमा चित्त बुझाएको छ ।

जितका लागि १ सय १३ रनको लक्ष्य पछ्याएको काठमाडौं २० ओभरमा अल आउट हुँदै ६७ रनमा समेटियो । काठमाडौंका कुनैपनि खेलाडीले राम्रो प्रर्दशन गर्न सकेनन् । तेस्रो ओभरको पहिलो बलमा ओपनर शोभा आलेलाई सुमन खतिवडाले ६ रनमा बोल्ड आउट गरिन् । चौथो ओभरको अन्तिम बलमा रेखा रावलले रोमा थापाले विकेटकीपर काजल श्रेष्ठबाट शून्यमा आउट गरिन् । छैटौं ओभरको पाँचौ बलमा कप्तान रुविना क्षेत्री बेलवासी २ रनमा क्याच आउट भएपछि काठमाडौं संकटमा परेको थियो । आठौं ओभरको पाँचौ बलमा नितु भण्डारी २ रनमा रन आउट भएपछि काठमाडौंको जितको संभावना सकिएको थियो ।

१४ ओभरको पहिलो बलमै अप्सरी बेगमलाई रितु कनौजियाले १५ रनमा बोल्ड आउट गरेपछि चितवन उपाधि लगभग पक्का बनेको थियो । इश्वरी बिष्ट १३ रनमा आउट भइन् । चितवनको जितमा सुमन खतिवडाले ४ ओभरमा १ मेडन सहित ११ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिइन् । त्यस्तै रेखा रावलले ४ ओभरमा १ मेडन सहित ९ रन खर्चेर २ विकेट लिइन् । रितु कनौजियाले ४ ओभरमा १ मेडन सहित ७ रन खर्चेर ३ विकेट लिइन् ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button