अर्थ बजार

रिंडी-बागलुङ्ग- मालढुंगा करिडोर निर्माणमा सरकारको वेवास्ता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता चन्द्र भण्डारीले रिंडी-बागलुङ्ग- मालढुंगा करिडोर सडक निर्माणमा सरकारले वेवास्ता गरेको बताएका छन। नेता भण्डारीले गौरवशाली योजनाको रुपमा रहेको यस करिडोर सडक स्तरनोतीको काममा सरकारले कम बजेट विनियोजन गरी वेवास्ता गरेको बताएका हुन् ।

सरकारले विनियोजन गरेको बजेट कम हुँदा ८० किलोमिटर लामो राष्ट्रिय गौरवको कालिगण्डकी करिडोरको स्तरनोती र चौडा गर्ने काममा समस्या भएको उनले बताए । नेता भण्डारीले नेपाली सेनाले थालेको उक्त सडक स्तरनोतीको काम अत्यन्तै मजबुत र राम्रो रहेकोमा जोड दिए । उनले भने ‘यति ठूलो योजनाका लागि सरकारले १० करोड मात्र विनियोजन गर्नु अत्यन्तै दुखको कुरा हो ।’ यस सडक खण्डको करिडोरबाटो निर्माणमा सरकारले कम महत्व दिएको नेता भण्डारीले स्पष्ट पारे । उनले भने ‘हामी सरकारमा हुँदा करिडोरको लागि आवश्यक बजेटको व्यवस्था गरेका थियौ, तर वर्तमान सरकारले बजेट थोरै छुट्टट्याएको छ, हल्ला भने धेरै गरेको छ, १० करोडको कामलाई हेलिकप्टर कुदाउदै ठिक्क छ । सेनालाई विश्वास गरेर सरकारले बजेट थप नगरे सम्म यो बाटोको काम समयमा सम्पन्न हुन सक्दैन ।’ पूर्व सांसद समेत रहेका भण्डारीले चीनले कोरला नाकामा भन्सार कार्यालय बनाई सक्यो तर नेपालले सडक बनाउन र कामलाई महत्व पनि दिएन, यो नै सबै भन्दा दुखद् पक्ष रहेको बताए । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापा मगर भन्छन् ‘गौरवको योजना भन्ने तर केन्द्र सरकारले आवश्यक बजेट समयमा व्यवस्था नगर्ने ? सरकारले गफमात्र गर्छ, काम गर्दैन, यो समस्या हो ।’ वाग्गलुङ जयमूनी नगरपालिका ७ निवासी ३४ बर्षका नेपाली काँग्रेसका युवा नेता हरिहर शर्मा भन्छन् ‘शुरुमा जुन उत्साह र उमंङ्गका साथ हल्ला भएको थियो, यो सरकारको नैरास्यताका कारण समस्या भएको गुनासो गरे । सडक निर्माण भए पछि चीन नेपाल र भारत बीचको व्यापार तथा आवत जावतमा सहयोग पुग्ने कुरालाई सरकारले ध्यान दिन नसकेको गुनासो नेपाली काँग्रेस गुल्मीका नेता छन्द पहराईले व्यक्त गरे ।

सडक स्तरोनतीको लागि नेपाली सेनाले जिम्मा लिएर कामलाई अगाडि बढाएको छ । उक्त सडक स्तरोनतीका लागि दश करोड बजेट विनियोजन गरिए पनि सो रकम कम भएकाले निर्माण कार्यमा समस्या उपन्न भएको नेपाली सेनाले जनाएको छ । बाटोको विभिन्न खण्डमा स्तरनोती तथा निर्माणको काममा विभिन्न अप्ठ्यारो परेको नेपाली सेनाका प्रमुख सेनानी कर्णेल रेस्मीराज भट्टराईले जानकारी दिए । दश करोड रकम विनियोजन गरिए पनि सो रकमले सडकको स्तरनोती र चौडा बनाउन नपुग्ने सेनाका प्रमुख भट्टराईले बताए । उक्त सडक जिल्लाकै अति ब्यस्त र सबैभन्दा बढी सवारीका साधनहरु आवतजावत गर्ने सडक हो । करिडोर निमार्ण कार्यदलका प्रमुख इन्जिनियर समेत रहेका प्रमुख सेनानी रेश्मीराज भट्टराईले स्थानीयदेखि केन्द्रसम्मको सहयोगले सडक स्तरनोतीको काम समयमै पूरा गर्ने बताए । उनले गुणस्तरीय र समयमै काम गर्ने आफ्नो पहिचान कहिल्यै गुमाउन नचाहेको बताए । कालीगण्डकी करिडोरअन्तर्गत रिडी–पालुङ्गखोला सडकखण्ड ४२ किलोमिटर र बाग्लुङ्गको मालढुङ्गा–टाकुर–पालुङ्ग खोला ३८ किलोमिटर गरी करिब ८० किलोमिटर सडकको स्तरनोतीको जिम्मा नेपाली सेनाले पाएको छ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Check Also

Close
Back to top button