स्वास्थ्य

माग पूरा नभए १८ गतेदेखि अनसनमा बस्ने डा. केसीको चेतावनी

प्रा.डा. गोविन्द केसीले आफ्ना मागहरु पूरा नभए कार्त्तिक १८ गतेबाट सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने बताएका छन् । सरकारलाई आफ्ना मागहरु पूरा उनले यसअघि कात्तिक ८ गतेसम्मको अल्टिमेटम दिए पनि बीचमा तिहार र छठ पर्व परेकाले त्यो लगत्तै आन्दोलन सुरु गर्ने बताएका हुन् ।

केही साताअघि मात्रै त्रिवि शिक्षण अस्पतालबाट अवकाश प्राप्त गरेपछि उनी देश भ्रमणमा निस्किएका छन्।

शुक्रबार जारी गरिएको विज्ञप्तिमार्फत उनले बिहीबार वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा अवैध रुपमा असुलिएको शुल्क फिर्ता गर्नुपर्ने माग राख्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रेका विद्यार्थीहरुलाई कलेज प्रशासनले आक्रमण गरेको घटनाको पनि विरोध गरेका छन्। ‘जायज माग पूरा गराउनका लागि आन्दोलनरत मेडिकल विद्यार्थीहरुमाथि मेडिकल माफियाले गराएको यस्तो सांघातिक हमलाको हामी घोर भत्र्सना गर्दर्छौं,’ विज्ञप्तिमा भनिएको छ।

साथै सरकारले दिएको अल्टिमेटममा विद्यार्थीलाई अवैध रुपमा असुलिएको शुल्क फिर्ता नगर्ने सबै मेडिकल कलेजका सञ्चालकहरुलाई तत्काल फौजदारी कसुरअन्तर्गत पक्राउ र कारवाही गर्न जोडदार माग गरेका छन्।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button