राजनीति

नेपाल नामको उपाध्यक्षमा निर्वाचित

नेपाल असंलग्‍न राष्ट्र (नाम) को उपाध्यक्षमा निर्वाचित भएको छ । अजरबैजानको बाकुमा जारी १८ औं शिखर सम्मेलनबाट नेपाल उपाध्यक्षमा निर्वाचित भएको हो ।

एसिया प्यासिफिक क्षेत्रबाट प्रतिनिधित्व गर्दै नेपाल उपाध्यक्षमा निर्वाचित भएको परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ ।

दुई दिने शिखर सम्मेलनको आजको सेसनमा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकको अध्यक्षता गरेका थिए ।

सेसनको सुरुमा हालै निधन भएका विश्वका नेताहरुप्रति श्रद्धाञ्जली दिइएको थियो । सो अवसरमा स्वागत मन्तव्य भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले राखेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार अजरबैजानको बाकु पुगेका थिए । उनी असंलग्न आन्दोलनको १८ औं शिखर सम्मेलनमा भाग लिन बिहीबार नै त्यसतर्फ गएका हुन् ।

परराष्ट्र मन्त्रालयले जनाएअनुसार उनलाई विमानस्थलमा अजरबैजानका उपप्रधानमन्त्री अली अहमदोभले स्वागत गरेका थिए ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Check Also

Close
Back to top button