कला साहित्य

साहित्यले सृष्टि र संसारलाई सुन्दर बनाऊँछ : बूंद राना

वरिष्ठ साहित्यकार बूंद रानाले साहित्यले सृष्टि र संसारलाई सुन्दर बनाऊने परिकल्पना गर्नुभएको छ। अक्षर साहित्य प्रतिष्ठानको बाह्रौ स्रष्टा आँगन तथा सम्मान कार्यक्रममा साहित्यकार रानाले यस्तो धारणा राख्नुभएको हो। कैलालीको टीकापुरमा भएको उक्त कार्यक्रममा प्रतिष्ठानको श्रष्टा आंघन कार्यक्रम कैलालीकै अर्का साहित्यकार बलबहादुर रावलको आँगनमा सम्पन्न भएको हो।

कार्यक्रम उद्घाटन गर्दै वरिष्ठ साहित्यकार प्राज्ञ बुँद रानाले साहित्यले सृष्टि र संसारलाई सुन्दर बनाउने कुरामा जोड दिनुभएको छ। उहाँले प्रकृतिले सबैथोक दिएको भएपनि प्रवृत्तिले ठग्ने हुनाले युवाहरुले युगवाहकको रुपमा रहनुपर्ने बताउनुभयो । साहित्यले विकृति रोक्नमा सहयोग पुग्ने र साहित्यबाटै संस्कार, संस्कृति सिकाउदै समृद्धि हुने बताउनुभयो ।
कार्यक्रममा साहित्यकार एबम समाजसेवी बलबहादुर रावल, उहाँका आमाद्धय सावित्री देवी रावल र चम्फादेवी रावल, पत्रकारिता क्षेत्रबाट समाजलाई सहयोग गर्ने पत्रकार गणेश चौधरीलाई श्रष्टाको आँगनमा सम्मान गरिएको छ ।
अक्षर साहित्य प्रतिष्ठान लम्कीका अध्यक्ष धनराज अविरलले अध्यक्षतामा भएको कार्यक्रममा स्वागत महासचिव मदन प्यासीले गर्नुभएको थियो । कार्यक्रममा पुर्व राज्यमन्त्री चन्द्र सिंह भट्टराई, वरिष्ठ साहित्यकार गगनसिह थापा र सोनु गुरुङले शुभकामना मन्तव्य राख्नु भएको थियो भने रुपा रावल स्वार लगाएत २१ जना स्रष्टाले विभिन्न रचना वाचन गरेका थिए । कार्यक्रम संचालन साहित्यकार विपी खनालले गर्नुभएको थियो।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Check Also

Close
Back to top button