प्रदेश ५

मालारानी ३ मा नेकपाद्वारा यमलाल खनाललाई सर्वसम्मत उम्मेदवार सिफारिस

मधुसुधन पाण्डे

अर्घाखाँची – अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं ३ को वडा अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले यमलाल खनाललाई सर्वसम्मत सिफारिस गरेको छ । शुक्रबार बसेको नेकपाको वडा कमिटी बैठकले खनाललाई सर्वसम्मत रूपमा वडा अध्यक्षको उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिए ।

यस वडाका तत्कालिन अध्यक्ष जीवन चौहानको सडक दुर्घटनामा परी निधन भएको थियो । २०७४ काे मंसिरमा रुपन्देहीको सैनामैना नगरपालिकामा पर्ने रानीबगियामा सडक दुर्घटनामा परी गम्भीर घाइते भएका चौहानको चितवन मेडिकल कलेजमा उपचारका क्रममा पुसमा निधन भएको थियो ।

नेकपाले वडा अध्यक्षको नाम टुंगो लगाएपनि कांग्रेस लगायत अन्य दलले भने अझै उम्मेदवारको नाम टुंगो लगाएका छैनन् । आउदो मंसिर १४ गते यस वडामा उपनिर्वाचन हुँदै छ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Check Also

Close
Back to top button