समाज

दोलखा कला प्रवर्द्धन समाजद्वारा देऊसी-भैलो कार्यक्रमको शुभारम्भ

अभिनय कार्की/
दोलखा– हिन्दु धर्मावलम्बीहरुको धार्मिक एवं सांस्कृतिक विरासत बोकेको महानपर्व दशैं सकिएलगत्तै अर्को ठूलो पर्व तिहारको रौनकता पनि सुरु भैसकेको छ। दिदीबहिनी र दाजुभाईबिच आपसी स्नेह, सद्भाव, सम्मान तथा आत्मियताको रुपमा लिईने तिहार पर्वको अवसरमा दोलखा कला पर्वर्द्वन समाजले पनि देउसी भैलो कार्यक्रमको शुरुवात गरेको छ। धार्मिक एवं सांस्कृतिक कला र संस्कारको संरक्षण एवं संवर्द्वनको खातिर विगतका दिनहरुमाझैं यसपाली पनि तिहारको अवसर पारेर देऊसीभैलो कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष जीतबहादुर खड्काले बताउनु भयो। साथै कार्यक्रम लाई भब्य र सभ्य बनाउन आफुहरु निरन्तर लागि परेको लोक गायक अशिम कुमार कट्वालले जागरणपोस्ट लाई जानकारी दिनुभयो। उक्त देउसीभैलो कार्यक्रम गएको शनिवार काठमाडौको प्रज्ञा प्रतिष्ठानदेखि शुरु गरिएको थियो । तिहारलाई उज्यालोको पर्व पनि भनिन्छ । त्यसो त तिहार शुरू हुनुभन्दा केहीदिन अघिदेखि नै राजधानी झिलिमिली भईसकेको
छ। हिमाली देश नेपालको यो एउटा पुरानो संस्कृति र संस्कार पनि हो। तिहारमा मखमली र सयपत्री फूलको प्रयोग बढि नै गरिने पनि हुनाले पछिल्लो समय देशमा फूलमालाको आयातमा निकै वृद्धि भएको छ। तिहारमा प्रयोग गरिने फूल र मालाको लगी हामी आफै आत्मनिर्भर बन्नसके बर्सेनि करोडौं रकम बाहिरिनबाट जोगिन्थ्यो कि? विभिन्न तामझाम र हर्षपूर्वक तिहार मनाऊंदैगर्दा तिहारको प्रतीक फूलमालामा हामी आफै आत्मनिर्भर हुनसके थोरै भए पनि देशको अर्थतन्त्रमा पनि टेवा पुग्नेथियो कि?

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button