विशेष

रत्नपार्कमा भाईटिकाको लागि ओखर बेच्दै ११ बर्षिय बालक, दिनको दुई देखि तीन हजार सम्म कमाउदै

अभिनय कार्की

काठमाडौ : आज भाईटिका को अघिल्लो दिन अर्थात् म्हपुजाको दिन, गाउँघरका घरहरु देखि सहरका घरहरु पनि झपक्कै श्रृङ्गारिएका छन् । लिपपोत देखि रङ्गीविरङ्गिका फुलमाला र विभिन्न रङ्गहरुले सजाईएका छन् गाउँघर, भोलि तिहारको विशेष दिन हो, त्यसैले पनि होला, काठमाडौको रत्नपार्कमा आज व्यापारिक चहलपहल बढ्दो छ ।

यसकारण पनि बढ्दो छ कि, आजको यहाँ बजार भोलिको दिन घरपरिवार बाट टाढा- टाढा रहेका दाजुभाइ तथा दिदिबहिनीहरु एकै ठाउँमा जम्काभेट भएर भाईटिका लगाई मिठा-मिठा परिकार बनाई खाने र सँगसँगै नाच्ने, गाउने र रमाईलो गर्ने साथै साथिभाई जम्मा भएर देउसी भैलो खेल्ने चलन रहेको हुनाले आजको दिन यहाँ भाईटिकाको लागि विभिन्न परिकारको सामान लिन आउँनेको सङ्ख्या बढ्दै छ । व्यपारीहरु पनि निकै व्यस्त नै देखिन्थे ।

यसै बिच बिर अस्पतालको अगाडी फार्मेसीको बायाँ तर्फको बाटोमा अर्थात् अन्डरग्राउन्ड बाटोको दायाँ पट्टिको सडकको पेटिमा एक वालक ओखरको व्यापार गर्नमा निक्कै व्यस्त भएको देखियो । मलाई जिज्ञासा बढ्दै गयो मैले उनको सामु गएर हेरेँ, र मैले उनी सँग केही संवाद गर्ने तयारी गरे ।

उनले हामी सँग संवाद गर्दै यसो भने :

मेरो नाम सौगात आले मगर हो, मेरो ठेगाना प्रदेश नं ३ सिस्नेरी गाउँपालिका वडा नं ७ टेकर भन्ने ठाउँमा पर्छ । म अहिले ११ वर्षको भए भने म अहिले ५ कक्षामा पढ्दैछु । मेरो बुबाको नाम गौतम आले मगर र आमाको नाम सम्झना आले मगर हो । बुवा आमा गाउँमै आफ्नै किराना पसल छ । त्यसैले गाउँमै पसल चलाएर बस्नु हुन्छ । अहिले तिहारमा ओखर बेच्नको लागि मात्रै म यहाँ काठमाडौ आएको हुँ, नत्र म पनि उतै गाउँमै बस्छु । यहाँ आएको बेलामा चाहिँ म हजुरआमा र हजुर बुवा सँग बस्ने गर्छु ।गाउँबाट म ६ गते नै आएको हो, आज ५ दिन भैसक्यो ।

१. यो ओखर तँपाईको आफ्नै बारीमा फलेको हो कि अन्त कतै बाट किनेर ल्याउनु भएको हो तपाईले ?
👉️हैन, मैले गाउँमा अरुकै बाट किनेर ल्याएको हो ।

२. तपाईंले गाउँ बाट आउँदा कति ओखर लिएर आउनुभएको थियो ?
👉️ म गाउँ बाट आउँदा दुईहजार दाना ओखर लिएर आएको थिए ।

३. एउटा ओखर कतिको दरले किनेर ल्याउनु भयो र यहाँ कतिको दरले बेच्नु हुन्छ ?
👉️ एउटा ओखर रु.एक को दरले जम्मा दुई हजार ओखर दुई हजारमा नै किनेर ल्याएको हो, अहिले मैले यहाँ बीस रुपैयाँ को “छ दाना” ओखार बेच्ने गर्छु ।

४. अनि तपाईले बीस रुपैयाँको ६ दाना ओखर दिदा ग्राहकहरु महङ्गो भयो अल्लि घटाउनु भन्नुहुन्छ कि भन्नू हुन्न ?
👉️ महङ्गो भयो घटाउन त भन्नू हुन्छ तर म घट्दैन भनिदिन्छु त्यसैले त्यति लिएर जानुहुन्छ अनि कोहि-कोहि चाहिँ सोधेर मात्र जानुहुन्छ ।
५. अहिले सम्म व्यापार गरेर कति पैसा कमाउनु भयो, अब तपाईं सङ्ग कति ओखर बाकी छन् यहाँ ?
👉️ मैले अहिले सम्म व्यापार गरेर लगभग छ,सात हजार कमाईसके, अब म सङ्ग त्यस्तै तीन चार सय दाना ओखर बाकी छन्, त्यो पनि अब आज बेलुका सम्म बेचिसकिन्छ होला।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button