खेलकुद

नेपालविरुद्धको सिरिजका लागि एमसीसीकाे टिम घोषणा

काठमाण्डाै – नेपाल विरुद्धको सिरिजका लागि मेरिलबोन क्रिकेट क्लब एमसीसीले टिमको घोषणा गरेको छ । जिम्मी एडम्सको कप्तानीमा रहने टिममा १३ खेलाडी रहेका छन् ।

सोमबार घोषणा टोलीमा टेष्ट अनुभवीसँगै इंग्ल्यान्डबाट यू१९ र प्रथम श्रेणीको खेलको अनुभव बोकेका खेलाडीको बाहुल्यता छ । यसै साता देखी काठमाडौं र पोखरामा एमसीसीले नेपालको यू१९, सिनियर टोली,चिफ मिनिस्टर ११ गरेर टि ट्वान्टी,एक दिवसिय र प्रथम श्रेणीको सिरिज खेल्ने छ ।

एमसीसीको १३ सदस्य टोली

जिमी एडम्स, यासिर अराफात, बिली गोडलमान, मिल्स हामान्ड, ओलिभर हनन्न डल्बी, क्यालम ज्याक्सन, विल रोड्स, एलेक्स स्पेन्सर, एलेक्स थोमसन, विल वान्डर्सपार, इड योंग, टम वेस्टली, क्रिस राइट ।

एमसीसीको टोलीको कप्तानी वेस्ट इन्डिजका जिमी एडम्सले गर्ने छन् । ५१ वर्षिय एडम्सले वेस्ट इन्डिजबाट ५४ टेष्ट,१ सय २७ वान डे र २ सय २ प्रथम श्रेणीको खेल खेलेका छन् । एडम्सले ९० टेष्ट इनिङमा ६ शतक र १४ अर्ध शतक सहित कुल ३ हजार २ सय १२ रन बनाएका छन् । जसमा २ सय ८ रन अविजित उत्कृष्ट प्रर्दशन रहेको छ । वान डे मा उनले २२ सय ४ रन बनाउनुको साथै ४३ विकेट लिएका छन् । पाकिस्तानबाट तीनै फर्म्याटमा अन्तर्राष्ट्रिय क्रिकेट खेलेका यासिर अराफात पनि टोलीमा छन् ।

त्यस्तै नेपाल भ्रमणमा आउन लागेको एमसीसीको टोलीमा इंग्ल्यान्डबाट टेष्ट खेलि सकेका टम वेस्टली पनि रहेका छन् । उनले ५ टेष्टमा १ सय ९३ रन बनाएका छन् । १ सय ७९ प्रथम श्रेणी,८८ लिष्ट ए र ७९ टि ट्वान्टी एसको अनुभव बटुलेका थिए । इंग्ल्यान्डको यू१९ र प्रथम श्रेणीबाट खेलि सकेका बिली गोडलमान,मिल्स हामन्ड,ओलीभर डल्बी,क्यालम ज्याक्सन,विल रोड्स लयातका खेलाडी रहेका छन् ।

एमसीसीको नेपालमा खेल तालिका

३ नोभेम्बर, एमसीसीविरुद्ध नेपाल यू–१९ टिम – ५० ओभर
४ नोभेम्बर, एमसीसीविरुद्ध नेपाल सिनियर टिम – ९५ ओभर
६ देखि ८ नोभेम्बर, एमसीसीविरुद्ध नेपाल – तीन एक दिवसीय
९ नोभेम्बर, पहिलो टी-२० एमसीसीविरुद्ध सिनियर र यू १९ को मिक्स टिम

पोखरामा हुने खेल

११ नोभेम्बर, एमसीसीविरुद्ध पोखरा आमन्त्रण ११
१२ नोभेम्बर, एमसीसीविरुद्ध मुख्यमन्त्री ११

माथिका दुवै खेल २० ओभरका हुनेछन् ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button