प्रदेश १

धरानमा हतियारसहित ५ युवा पक्राऊ

धरानमा आज साँझ ५ बजेतिर घरेलु हतियारसहित पाँच युवा पक्राउ परेका छन। धारिलो हतियार खुकूरी चक्कु बोकेर हिडिरहेका अवस्थामा पाँच युवालाई लाई पक्राउ गरिएको इलाका प्रहरी कार्यलय धरानले जनाएको छ। प्रकाउ पर्नेमा धरान १५ बगरकोट मा बस्ने २२ बर्षिय बिशाल राई, २४ बर्षिय दिबस राई, धरान १७ रेल्वे बस्ने २८ बर्षिय गोपाल श्रेष्ठ र २२ बर्षिय बिजय खड्का रहेका छन। यसैगरि पक्राऊ पर्ने अर्का एक युवकमा धरान ५ देउराली का १९ का बिबेक राई रहेको प्रहरीले जनाएको छ। उनिहरुलाई ईलाका प्रहरी चौकि बाट खटिएका प्रहरी ले छुट्टाछुट्टै स्थान बाट पक्राउ गरेको डिसपी डिल्लीराज न्यौपानेले जानकारी दिनुभएको छ। राति बिहान को समयमा खुकूरी, छुरी, तरवाललगायतका घरेलु हतियार लिई समाजलाई त्रसित पार्दै हिडिरहेको अबस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ। पक्राऊ परेकामध्ये सबैलाई अदालतमा लगि म्याद थप गरि अनुसन्धान गरिने प्रहरीले बताएको खबर झापा देखि जागरणपोस्ट सहकर्मी बिबेक गाहाले जनाएका छन।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button