प्रदेश ५समाज

गुल्मीमा जिप दुर्घटनामा परी २ जनाको मृत्यु, ३ घाइते

गुल्मी : गुल्मीमा जिप दुर्घटना हुँदा २ जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ। यो दुर्घटनामा अन्य ३ जना यात्रु घाइते भएका छन् ।

मुसिकोट नगरपालिका वडा नं. ९ को दाङसिङबाट ददल्कातर्फ जाँदै गर्दा लु १ च ३५१४ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

मृत्यु हुनेमा मुसिकोट नगरपालिका वडा नं. ९ का अन्दाजी ७० वर्षीय रामप्रसाद खरेल र अन्दाजी ४५ वर्षीया नाम नखुलेकी महिला रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जानकारी दिएको छ ।

घाइतेहरुमा मुसिकोट नगरपालिका वडा नं. ७ का २४ वर्षीय भानुभक्त पौडेल, ८ वर्षीया सोनिया बिक, २६ वर्षीया बिष्णु बिक रहेका छन् । घाइतेहरुको बाग्लुङस्थित हटियामा उपचार भइरहेको बताए ।

जिप चालक ज्ञानबहादुर बिक फरार रहेका छन् । उनको खोजी जारी रहेको प्रहरीले जानकारी दिएको छ । घटनाबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button