प्रदेश १

ढुंगाले हानेर श्रीमतीको हत्या

धरान : धरान उपमहानगरपालिका १५ खोरिया बस्तीमा बस्ने एकजनाले ढुंगा प्रहार आफ्नै श्रीमतीको हत्या गरेका छन। खोरियाबस्तीका अर्जुन राईले गएराती ८ बजे आफ्नै श्रीमती जिना राई लाई खोलाको डिलमा लगेर ढुंगाले हानी हत्या गरेको प्रहरी ले जनाएको छ। लामो समयदेखि धरान १५ पानबारीस्थित माइतीमा बस्दै आएकी जिना हिजोमात्र घर आएकी थिइन। पतिपत्नीबिच एकआपसमा बिश्वासको बाताबरण नबन्दा हत्या को रुप लिएको इलाका प्रहरी कार्यालय धरान का प्रहरी नायब उपनिरिक्षक डुन्डिराज न्यौपाने ले जानकारी दिनु भयो। घटनाको सूचनालगत्तै प्रहरीले श्रीमतीको हत्या गर्ने श्रीमान अर्जुन राई लाई गए राती ११:३० मा चेउति खोला पुल बाट नियत्रणमा लिएको प्रहरी नायब उपनिरिक्षक न्यौपाने ले जानकारी दिनु भयो। साथै घटनाबारे अनुसन्धान पनि भइरहेको खबर झापादेखी बिबेक गाहाले जागरणपोस्टलाई सम्प्रेषण गरेका छन।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button