खेलकुद

एसिया कपमा नेपाल पहिलो पटक खेल्दै : भारत र बंगलादेशसँग खेल्ने

नेपाल बंगलादेशमा हुने इमर्जिङ एसिया कप खेल्ने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले विहीबार सार्वजनिक गरेको तालिका अनुसार इमर्जिङ टिम एसिया कप कात्तिक २८ देखी मंसिर ७ सम्म हुने भएको छ ।

यसअघि प्रतियोगितामा यूएईको सहभागिता रहने भनेपनि अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले मौका पाएको हो । समुह ए मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र ओमान रहेका छन् । समुह बी मा नेपाल, भारत, बंगलादेश र हङकङ रहेका छन् । पहिलो खेलमै भारतसँग कात्तिक २८ मा खेल्ने छ, नेपालले दोस्रो खेल हङकङसँग कात्तिक ३० मा खेल्ने छ भने मंसिर २ मा बंगलादेशसँग खेल्ने भएको छ ।

नोभेम्बर १४ देखि २३ तारिखसम्म आयोजना हुने एसिया कप ५० ओभरको हुनेछ । समूहको विजेता र उविजेताले सेमिफाइनलमा स्थान बनाउने छन् । सेमिफाइनल खेल २० र २१ तारिखमा हुनेछ । फाइनल खेल २३ तारिख शनिबार बंगलादेशको मिरपुरमा हुनेछ ।

नेपाली सिनियर क्रिकेट टिमले पहिलो पटक एसिया कप खेल्न लागेको हो । यसअघि २०१८ मा भएको एसिया कपमा ६ देशको मात्रै सहभागिता थियो ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button