खेलकुद

एमसीसीविरुद्धको खेलका लागि क्रिकेट टोलीको घोषणा, पारस खड्काले ५० ओभरको खेल मात्र खेल्ने

इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) विरुद्ध घरेलु मैदानमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ। टी-२०, एकदिवसीय र प्रथम श्रेणी क्रिकेटका लागि घोषणा गरिएको टोेलीमा पूर्वकप्तान पारस खड्का भने एकदिवसीय टिममा मात्रै परेका छन् ।

३ नोभेम्बरदेखि हुने सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार ज्ञानेन्द्र मल्लको कप्तानीमा टोलीको घोषणा गरेको हो । जसमा टी-२० का लागि १५ र एकदिवसीय र प्रथम श्रेणीका लागि १४/१४ खेलाडी छानिएका छन् । एमसिसीको टिम शुक्रबार नेपाल आइपुग्ने तालिका रहेको छ।

यस्तो छ खेल तालिकाः

३ नोभेम्बर : एमसिसीविरुद्ध नेपाल यू-१९ (५० ओभर)
४ नोभेम्बर : एमसिसीविरुद्ध नेपाली राष्ट्रिय टिम (५० ओभर)
६ देखि ८ नोभेम्बर : एमसिसीविरुद्ध नेपाली राष्ट्रिय टिम (तीन दिवसीय)
९ नोभेम्बर : एमसिसी र नेपाल मिक्स टिमविरुद्ध यू-१९ टिम (टी-ट्वान्टी)
११ नोभेम्बर : एमसिसीविरुद्ध पोखरा आमन्त्रण-११ (२० ओभर)
१२ नोभेम्बर : एमसिसीविरुद्ध मुख्यमन्त्री-११ टिम (२० ओभर)

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Check Also

Close
Back to top button