प्रदेश १

चोरीका गरगहनासहित भारतिय नागरिक पक्राऊ

झापा – भारत को सिलिगुढी घर भएका ४३ वर्षीय रघुधर प्रसाद शाहलाई चोरी गरेको ठुलो पणिमाणको सुनचांदिका गरगहनासहित झापा बाट पऋाउ गरिएको छ। झापा को कमल गाउपालिका ६ स्थाई घर भई बिर्तामोड नगरपालिका ५ मा डेरा गरी बस्ने वर्ष ३५ कि ललिता सापकोटा, गिता पौड्याल र वर्ष ३५ कि मधु गुप्ता को घरमा बुधवार साझ घरमा कोही नभएको अबस्थामा चोरी भएको जानकारी पाए लगतै खटिएको इलाका प्रहरी कार्यालय अनारमनि प्रहरी चौकीक्क टोलिले घटना स्थल आसपास रहेको सिसि क्यामरा फुटेज हेर्दा चोरी गरेर भाग्दैगरेको अवस्थामा बिर्तामोड ५ बाट पक्राउ गरिएको हो। पक्राउ परेका शाहले प्रयोग गरेको भारतिय गाडी चेकजाच गर्नेक्रममा सो गाडिबाट लाख मुल्यबराबर को सुन तथा चादिका गरगहना नेपाली रुपैया ३८ हजार र भारतिय रुपैया १३ हजार ७०० सय बरामद भएको हो। बरामद भएको गरगहना सम्बन्धित पिडितहरुबाट सनाखत गराई फिर्ता गरिएको छ। चोरीका गरगहना र नगदसहित पक्राउ परेका शाहको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय झापा ले जनाएको खबर जागरणपोस्टका झापा सहकर्मी बिबेक गाहाले सम्प्रेषण गरेका छन।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button