प्रदेश ३

जागरणपोस्ट फ्लोअप: दोलखाको कालिन्चोक गाऊँपालिकामा जनप्रतिनिधि र कर्मचारीद्वारा चरम लापरवाही

अभिनय कार्की,
कालिन्चोक, दोलखा –
देशमा स्थानीय तह लागू भएसंगै दोलखाको कलिन्चोक गाउँपालिकालाई साविकको सुनखानी,सुन्द्रवति,बाबरे,कालिन्चोक,लापिलाङ्ग,लामीडाँडा,गाविसहरुलाई एकिकृत गरेर अहिले १ देखि ९ वटा वडाहरुमा विभाजित गरि कालिन्चोक गाउँपालिका गठन गरिएको थियो। यस गाउँपालिकाभित्र दोलखाको प्रसिद्द तिर्थस्थल कालिन्चोक भगवती मन्दिर पनि पर्ने भएकोले गाऊँपालिकाको नाम कालिन्चोक राखिन गएको हो।

पछिल्लो समय कालिन्चोक गाउँपालिकाका जनप्रतिनिधिहरुले सहि निर्णय लिन नसक्दा र लिएको निर्णयलाई पनि कार्वान्यन गर्दा नसक्दा उक्त पालिका चरम् विवादमा रहदै आएको छ। तिनै बिबादमध्येको एक बिबाद हो- पालिकाको केन्द्रको विवाद। हप्तादिन अघिमात्रै अहिले केन्द्र रहेको सुनखानी भन्ने स्थानमा जनप्रतिनिधिहरुकै नेतृत्त्वमा रातिको दुई बजे आसपास कार्यलय तोडफोड गरी कार्यलयको महत्त्वपूर्ण प्रशासनिक कागजात र केही थान कुर्सी टेबल रातारात अन्यत्र सारिएको थियो। भोलिपल्ट बिहान उक्त तोडफोड भएको ठाउँमा हेर्दा प्रेस विज्ञप्ति ढोकामा टाँसिएको अवस्थामा भेटिएको थियो। उक्त पत्रमा गाउँपालिकाले बहुमतको निर्णय कार्वान्यन गर्न नसक्दा कार्यालय अन्यत्रै सार्नु परेको भनि उल्लेख गरिएको थियो। सोही पत्रमा वडा नम्वर ५ का वडा अध्यक्ष सुवास थामी र ४ नम्बर वडाका वडा अध्यक्ष केसव ठकुरी लगाएका अन्य प्रतिनिधिहरुको हस्ताक्षर रहेको थियो। चोरी गरि सारिएको सामग्री भने वडा नम्बर ५ को बन्सेथली भन्ने ठाउँमा लगिएको थियो।

मेयर र उपमेयर तत्कालीन अवस्थामा नेकपा एमाले बाट सर्वसम्मत उम्मेद्वार हुन्, तर यस विषयलाई लिएर मेयर र उपमेयरको छुट्टै धारणा आएको थियो। मेयर बिन कुमार थामीको आरोप कार्यलय अन्यत्र सारिएको विषयमा थियो भने उपमेयर कालिका पाठकले भने कार्यलय तोडफोड गरि चोरी गरेको भन्ने तर्क दिएकी थिईन्। मेयर र उपमेयरको छुट्टाछुट्टै धारण र जनप्रतिनिधिहरुकै नेत्तृवमा पालिका कार्यलय तोडफोड भएको विषयलाई लिएर सामाजिक सन्जालमा चर्को आलोचना समेत भएको थियो।

यसलगत्तै उपमेयर कालिका पाठक मेयरको यस्तो हर्कतका बिरुद्ध मुद्दा समेत दर्ता गराउन लागिपरेकी थिईन, तर प्रहरीले मुद्दा दर्ता गर्न भने मानेन। आउँदो १६ गते सम्मको लागि कार्यलय पहिलाकै स्थानमा ल्याउन अल्टिमेटम दिइएको छ।

जनप्रतिनिधि र कर्मचारीको लापरबाहीको पराकाष्ठा

गाउँपालिकाको अधिकांश वडासम्बन्धि कार्यहरु विहानको १० बजे खुल्ने,र दिउँसोको दुई देखि तीन बजेको आसपासको समयमै बन्द हुने गरेको छ। देशमा स्थानीय तह लागू भए लगत्तै हरेक सरकारी कार्यलयहरु बिहानको १० बजे देखि बेलुकाको ५ बजे सम्म खुलाउनुपर्ने भनिएको छ। तर यस पनि विषयमा कर्मचारी र जनप्रतिनिधिहरु मनपरी र लापरबाहीले भने हद पार गरिसकेको छ। यसकारण पनि सेवा लिने सेवाग्राहीहरुले धेरै सास्ती व्यहोर्दै आउनुपरेको छ। सरोकारवाला सरकारी निकाय भने यस विषयमा मौन बसेको देखिन्छ।

यो पनि पढ्नुहोस – जनप्रतिनिधिबाटै असुरक्षित दोलखाको कालिन्चोक गाऊँपालिका

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button