प्रदेश २

सवारी दुर्घटनामा पूर्वसांसद साहको निधन

बिबेक गाहा
धनुषा– सवारी दुर्घटनामा परि पूर्वसांसद रामलखन महतोको मृत्यू भएको छ। शुक्रवार धनुषा मिथिला नगरपालिका वडा नं. २ स्थित बिश्वकर्मा चोकमा यात्रुवाहक बसको ठक्करबाट तत्कालिन नेकपा एमालेका सांसद महतोको मृत्यु भएको हो। महतो तत्कालीन नेकपा एमालेबाट २०५१ मा धनुषा क्षेत्र नं.२ बाट निर्वाचित सांसद थिए। ६० वर्षिय सांसद राम लखन महतोको बसको ठक्करले मृत्युु भएको धनुषा प्रहरी उपनिरिक्षक शेखर खनालले जागरणपोस्टलाई बताएका छन। साईकलमा सवार पूर्वसांसद महतोलाई बिश्वकर्मा चोकमा विपरित दिशाबाट आईरहेको बा ५ ख ८८५ नम्बरको यात्रुबाहक बसले ठक्कर दिएको थियो। बसको ठक्करबाट घाइते भएका सांसद महतोको उपचारको क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरी उपनिरिक्षक खनाल ले जानकारी दिए। पूर्वसांसद साहलाई ठक्कर दिने यात्रुबाहक बस र चालक प्रहरीको नियन्त्रणमा रहेको छ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button