समाज

१४ बर्षिया बालिकालाई बलात्कार गरेको अभियोगमा ९ जनाबिरुद्ध मुद्धा दायर

अभिनय कार्की,
दोलखा- दोलखाको वैतेश्वर गाउँपालिको वडा नं ४ काब्रेको टोड्के भन्ने स्थानमा ९ जना युवाहरुको समूहले १४ वर्षिया बालिकामाथी सामुहिक यौन दुर्व्यवाहार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यलय दोलखाले मुद्दा दर्ता गरेको छ।

काब्रेको टोड्के भन्ने स्थानमा गएको कात्तिक ११ गते राति यौन दुर्व्यवहारको घटना घटेको थियो। घटना घटेको यत्तिका दिनपछि पिडितका परिवारको किटानी जाहेरी र पक्राउ परेका युवाहरुबाट थप तथ्य फेला परेको भन्दै हिजो प्रहरीले मुद्दा दर्ता गरेको हो।

पक्राउ पर्नेमा मैनापोखरी बजारका सालिकराम शिवाकोटी,गणेश शिवाकोटी ,हरिहर रिमाल,कृष्ण खड्का,सुकदेव घिमिरे लगाएतका अन्य युवाहरु रहेका छन्।

यसअघि मुद्दा दर्ता गर्न प्रहरीको आनाकानी,अहिले किटानी जाहेरी दिएपछि मुद्दा दर्ता!

उक्त घटना गएको ११ गते राती नै घटेपनि प्रहरीले मुद्दा दर्ता गरेको भने थिएन। तर, उक्त घटनामा मुछिएका भनिएका युवाहरुलाई पक्राउ भने प्रहरीले गरेको थियो। स्थानीय सञ्चार माध्यमहरुको निरन्तर फलोअप र पिडितका आफन्तले ९ जना युवाहरुविरुद्ध किटानी जाहेरी दिएपछि हिजो मात्रै मुद्दा दर्ता गरिएको दोलखाका प्रहरी नायव निरीक्षक रेशम बोहराले जानकारी दिनुभएको छ। पक्राउ परेकालाई एक हप्ताको समय थप गरि अनुसन्धान भैइरहेको उहांले बताउनुभयो।

यौन दुर्व्यवहार नगरेको पक्राउ परेका युवाहरुको वयान

यसैबीच पक्राउ परेका युवाहरुले भने आफुहरुले यौन दुर्व्यवहार तथा बलात्कारको प्रयास नगरेको दावी गरेका छन्। घटना भएको स्थानमा पहिले दुई बालिला र अन्य तीन युवा जना युवाहरु कुराकानी गरिरहेको देखेपछि सम्झाउने क्रममा सामान्य झगडा भएको र भाग्ने क्रममा उनिहरु घाईते भएको उनिहरुको दावी रहेको छ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button