प्रदेश ५समाज

गुल्मीमा एक महिला र दुई बालिकाको शव फेला

गुल्मी : गुल्मीको चन्द्रकोट गाउँपालिका ३ हर्राचौरमा तीन जनाको शव फेला परेको छ। एक महिला र दुई बालिकाको शव शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

महिलाको शव भेटिएको स्थानबाट एक बालिकाको शव दुई सय मिटर र अर्को बालिकाको दुई सय ३० मिटरको दूरीमा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीन बहादुर घलेले जानकारी दिए ।

महिला अन्दाजी २७ र बालिकाहरू एउटा अन्दाजी ७ र अर्को ११ वर्षको रहेको घलेले बताए। घटनास्थल सरमुकाम तम्घासबाट साढे ५ घन्टाको सवारी दूरीमा रहेको प्रहरीले जनाएको छ । अहिले इलाका प्रहरी कार्यालय चन्द्रकोटको टोली घटनास्थल पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलको नेतृत्वको प्रहरी टोली घटनास्थलतर्फ लागेको प्रहरी नायब उपरीक्षक घलेले जानकारी दिए ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Check Also

Close
Back to top button