सम्पादकिय

पाकिस्तान: प्रधानमन्त्रीको राजीनामा होईन, प्रधानमन्त्रीलाई काम गर्न देऊ

पाकिस्तानको प्रमूख प्रतिपक्षी दलका नेता मौलाना फजलुर रहमानले वर्तमान पाकिस्तानी प्रधानमन्त्री ईमरान खानलाई २ दिनभित्र राजिनामा दिन या आफ्नो घर जान अल्टिमेटम दिएका समाचारले अन्तर्राष्ट्रिय संचारमाध्यम रंगिएका छन। अंस्तीमात्र गुडिरहेको रेलमा अकस्मात आगो लाग्दा करिब ७४ जना नागरिकको मृत्यु भएपछि बिपक्षीलाई आन्दोलनको लागि झनै मसाला बनीराखेको छ। पाकिस्तानका दुई प्रान्त कराँचीदेखी रावलपिंडी बिच चल्ने उक्त रेलमा यात्रीहरुले खाना पकाऊने क्रममा ग्याँस सिलिण्डरबाट सल्केको आगो रेलको ३ वटा डिब्बामा फैलिएको थियो। यसै घटनालाई लिएर बिपक्षीले रेलमन्त्री शेख राशिद अहमदको राजीनामा मागेको र रेलमन्त्रीले राजिनामा नदिएको बिषयलाई लिएर बिपक्षी झनै आक्रोशित भएको हो।

बिपक्षी नेता मौलाना फजलुर रहमान तिनै ब्याक्ति हुन जसलाई भारतीय गुप्तचर निकाय `रअ´ ले हातमा लिएको छ। कुनैसमय `रअ´ कै बिरुद्ध गद्दारी गरेको भनेर `रअ´ र अफगानिस्तानको गुप्तचर निकाय `एनडिएस´ मिलेर उनको हत्या गर्नेसम्मको योजनासम्म बनाएका थिए। योजनाबिच नै पाकिस्तानको राजनितिले बाजि मार्यो, ईमरान खान प्रधानमन्त्री चुनिएर आए, मौलाना हत्या योजना स्थगित भई अहिले `रअ´ का गोटी बनेर ईमरान सरकारबिरुद्ध आन्दोलन चर्काईराखेका छन।

नेपालमाजस्तै भारतिय गुप्तचर निकाय `रअ´ का गोटी पाकिस्तानमा पनि उत्तिकै सक्रिय छन। सन् २०१७ मा अमेरिकी क्राईम रिपोर्टले सार्वजनिक गरेको विश्वका शक्तिशाली गुप्तचर निकायको सूचीमा पाकिस्तानको गुप्तचर निकाय `आइएसआइ´ शिर्षस्थानमा रहेको थियो। उक्त रिपोर्टका अनुसार भारतिय गुप्तचर निकाय `रअ´ छैंठौं स्थानमा भएता पनि क्षेत्रीय सन्तुलन, स्थायित्व, प्रभाव र प्रभुत्वको आधारमा दक्षिण एशियामा `रअ´ नै शक्तिशाली एवं प्रभावकारी देखिएको थियो।

`रअ´ त्यहिं गुप्तचर निकाय हो, जसले १९४७ यता आजसम्म पाकिस्तानमा कहिल्ल्यै पनि राजनैतिक स्थायित्व र शान्तीको लागि कामै गरेन। पाकिस्तान डामाडोल र कमजोर पार्ने सबै षड्यन्त्र `रअ´ कै हो।

पछिल्लो समय पाकिस्तानले यौटा भिजनसहितको नेतृत्व त पाएको छ तर, त्यो नेतृत्वलाई पनि खसालेरै छाड्ने दाऊमा `रअ´ ले कम्मर कंसेर लागेको छ। पाकिस्तान जति अशान्त र असुरक्षित भयो त्यति भारतको क्षेत्रीय प्रभुत्व तथा महत्व बढ्ने `रअ´को आँकलन छ। सिमापारबाट हुने आतंकवादी खतरा `रअ´ को देखाऊने दाँतमात्र हुन, खासमा `रअ´ ले नै सिमापार आतंकवाद पोषित गर्ने काम गरेको छ, जुन फर्मूला अमेरिकाले `आईएसआई´माथी पहिल्ल्यैदेखी प्रयोगमा ल्याएको छ। यौटा हातले डलर, अर्को हातले हतियार पठाऊने त अमेरिकाको नीति नै हो, जुन निति `रअ´ ले पनि अवलम्वन गरेको छ छिमेकी देशहरुमा।

सन् १९४८ मा स्थापना भएको पाकिस्तानी गुप्तचर निकाय `आइएसआइ´ यतिविघ्न शक्तिशाली हुँदाहुँदै पनि उसले छिमेकी देशमा राजनैतिक अहस्तक्षेपको नीति अंगालेको छ। भारतिय गुप्तचर निकाय `रअ´ ले जस्तै छिमेकी देश फुटाऊ र राजनिती गर को निति अवलम्वन नगरे पनि आफ्नै आन्तरिक सुरक्षामा भने कठोर दृढ देखिन्छ। हिन्दुस्तानसंग स्वतन्त्रताको २४ बर्षपछि अर्थात १० जुलाई १९७१ मा `रअ´ ले पूर्वी पाकिस्तान टुक्र्याएर स्वतन्त्र बंगलादेश स्थापना गरेयता पाकिस्तानले आफ्नो गुप्तचर निकाय `आइएसआइ´ मा सम्पूर्ण शक्ति र धेरै हदसम्म बजेट खन्याएता पनि पाकिस्तानको गुप्तचर निकायले उल्लेख्य सफलता हात पार्न नसक्नुको मूल कारण मतिभ्रष्ट राजनीति र नियुक्ति नै हो।

पाकिस्तानका चरम् विवादित राजनीतिज्ञ एवं पूर्व प्रधानमन्त्री आसिफ अली जर्दारीकि पत्नी एवं पाकिस्तान पिपुल्स पार्टीकि अध्यक्ष वेनजिर भुट्टो जो दुई दूईपटक पाकिस्तानकी प्रधानमन्त्री पनि बनेकी थिईन। २७ डिसेम्वर २००७ मा यौटा आम सभामा भाषण गर्दागर्दै उनलाई गोली हानी मारियो। पाकिस्तानमा केहि सुधारका लक्ष्यसहित प्रधानमन्त्री बनेकी भुट्टोको हत्यामा उनकै पति दोषि ठहरिए। आक्रान्तमय पाकिस्तानमा भुट्टोको उपस्थितिले विश्वरंगमंचमा केहि उत्साह जगाएको त थियो तर त्यो धेरै समय टिक्न सकेन।

इमरान खानको विरुद्ध ऐले `आजादी मार्च´ कराँचीदेखि इस्लामावादसम्म चलेको छ। जसको नेतृत्व बिपक्षी नेता मौलाना फजलुर रहमानले गरेका छन र, उनलाई साथ दिने ब्याक्ति अरु कोहि नभएर तिनै बेनजिर भुट्टोका छोरा विलावल अली भुट्टो र भ्रष्टाचारको आरोपमा जेल समेत गएका पूर्वप्रधानमन्त्री नवाज शरिफ संलग्न छन।

कसरि हुन्छ छिमेकी अशान्त पार्नु भारतिय चाहना हो। जतिधेरै अशान्त छिमेकी उतिधेरै आफ्नो प्रभुत्व र महत्व भारत सोंचिराखेको छ। हामीलाई भारत जत्तिको महत्वपूर्ण छ, छिमेकी देश पाकिस्तान पनि उत्तिकै महत्वपूर्ण हुनुपर्दछ। आतंकवाद सबैको साझा समस्या हो। यति भन्दैमा भारत र अमेरिकाले पालेर राखेका आतंककारीको बारेमा भने अनदेखि गर्नुहुँदैन। छिमेकीदेखि लिएर परको मित्रसम्म समदर्शिता कायम गर्नसक्नुपर्दछ। छिमेकमा झगडा पर्दा हामी निदाऊंन सकिँदैन। भारत र पाकिस्तानबिचको अशान्तीले हामिलाई समेत बेचैन बनाऊंदछ। पाकिस्तानले अब असल नेतृत्व पाएको बेलामा पाकिस्तानलाई हामीले पनि सहयोग र हौसला एवं समर्थन गर्नुपर्दछ। सत्ता स्वार्थको खातिर एकपक्षिय स्वार्थ लुट्नु हुँदैन। अंस्तिमात्र प्रधानमन्त्री संलग्न असंलग्न राष्ट्रहरुको सन्देश पनि त आखिर यहिं हो कि नेपाल कुनैपनि द्वन्द्वको पक्षमा छैन। क्षेत्रीय शान्ती हाम्रो पनि हितमा हुनेछ। पाकिस्तानमा सुधारका अनेकन प्रयत्न हुँदैछन, त्यसलाई हामीले प्रोत्साहन एवं हौसला दिनुपर्दछ। पाकिस्तानको सक्षमता एवं शान्तिले जम्मु-कश्मिरको घाऊ निको पार्न मदत गर्नेछ। जम्मु- कश्मिरको घाऊ हामीसंग पनि जोडिएको छ। क्षेत्रीय सुरक्षाको सवाललाई लिएर हामी कयौंपटक हेपिएका कुरालाई अनदेखी कदापी नगरौं।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button