समाज

बालक हराएको १७ दिन पछि खोला किनारमा शव फेला

अभिनय कार्की
दोलखा : दोलखाको विगु गाउँपालिका वडा नम्बर ४ सिंगटी बजार बस्ने अमृत तामाङको २ वर्ष १ महिनाका कान कम सुन्ने छोरा रुपेश तामाङको शव १७ दिनपछि फेला परेको हो ।

रुपेसको शव आज दिउँसो एक बजे गौरीशंकर गाउँपालिका २ रिठ्ठे भन्ने स्थानमा तामाकोसी खोला किनारमा खोलाले बगाएको काठको चेपमा घोप्टो अवस्थामा फेला परेको हो । बालक असोज २९ गते देखी हराएका थिए ।

बालकको शव स्थानीयवासीले देख्नासाथ प्रहरीलाई खबर गरेका थिए ।सोही सुचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिंगटीबाट प्रहरी टोली खटि गएको थियो । घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता रेशम बोहराले जानकारी दिनुभयो ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Check Also

Close
Back to top button