प्रदेश ३

जागरणपोस्ट फ्लोअप: ब्याक्तिगत स्वार्थ पूरा गर्न सिंगो गाऊँपालिका टुक्र्याईंदै

अभिनय कार्की/
दोलखा– देशमा स्थानीय तह लागू भएसंगै दोलखाको कलिन्चोक गाउँपालिकालाई साविकको सुनखानी,सुन्द्रवति,बाबरे,कालिन्चोक,लापिलाङ्ग,लामीडाँडा,गाविसहरुलाई एकिकृत गरेर अहिले १ देखि ९ वटा वडाहरुमा विभाजित गरि कालिन्चोक गाउँपालिका गठन गरिएको थियो। यस गाउँपालिकाभित्र दोलखाको प्रसिद्द तिर्थस्थल कालिन्चोक भगवती मन्दिर पनि पर्ने भएकोले गाऊँपालिकाको नाम कालिन्चोक राखिन गएको हो।

पछिल्लो समय कालिन्चोक गाउँपालिकाका जनप्रतिनिधिहरुले सहि निर्णय लिन नसक्दा र लिएको निर्णयलाई पनि कार्वान्यन गर्दा नसक्दा उक्त पालिका चरम् विवादमा रहदै आएको छ। तिनै बिबादमध्येको एक बिबाद हो- पालिकाको केन्द्रको विवाद। हप्तादिन अघिमात्रै अहिले केन्द्र रहेको सुनखानी भन्ने स्थानमा जनप्रतिनिधिहरुकै नेतृत्त्वमा रातिको दुई बजे आसपास कार्यलय तोडफोड गरी कार्यलयको महत्त्वपूर्ण प्रशासनिक कागजात र केही थान कुर्सी टेबल रातारात अन्यत्र सारिएको थियो। भोलिपल्ट बिहान उक्त तोडफोड भएको ठाउँमा हेर्दा प्रेस विज्ञप्ति ढोकामा टाँसिएको अवस्थामा भेटिएको थियो। उक्त पत्रमा गाउँपालिकाले बहुमतको निर्णय कार्वान्यन गर्न नसक्दा कार्यालय अन्यत्रै सार्नु परेको भनि उल्लेख गरिएको थियो। सोही पत्रमा वडा नम्वर ५ का वडा अध्यक्ष सुवास थामी र ४ नम्बर वडाका वडा अध्यक्ष केसव ठकुरी लगाएका अन्य प्रतिनिधिहरुको हस्ताक्षर रहेको थियो। चोरी गरि सारिएको सामग्री भने वडा नम्बर ५ को बन्सेथली भन्ने ठाउँमा लगिएको थियो।

मेयर र उपमेयर तत्कालीन अवस्थामा नेकपा एमाले बाट सर्वसम्मत उम्मेद्वार हुन्, तर यस विषयलाई लिएर मेयर र उपमेयरको छुट्टै धारणा आएको थियो। मेयर बिन कुमार थामीको आरोप कार्यलय अन्यत्र सारिएको विषयमा थियो भने उपमेयर कालिका पाठकले भने कार्यलय तोडफोड गरि चोरी गरेको भन्ने तर्क दिएकी थिईन्। मेयर र उपमेयरको छुट्टाछुट्टै धारण र जनप्रतिनिधिहरुकै नेत्तृवमा पालिका कार्यलय तोडफोड भएको विषयलाई लिएर सामाजिक सन्जालमा चर्को आलोचना समेत भएको थियो।

उपमेयरद्वारा कार्यलय तोडफोड गर्नेविरुद्द मुद्दा दर्ता

यसलगत्तै उपमेयर कालिका पाठकले यस्तो हर्कत गर्नेका बिरुद्ध मुद्दा समेत दर्ता गराउन लागिपरेकी थिईन, तर प्रहरीले मुद्दा दर्ता गर्न भने मानेन्। आजको १६ गते सम्मको लागि कार्यलय पहिलाकै स्थानमा ल्याउन अल्टिमेटम दिइएको छ।उक्त म्याद पनि आज समाप्त भएको छ।

पछिल्लो समय गाउँपालिका टुक्राउने चलखेल!

अहिले भने केही व्यक्तिहरु आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्नकै लागि सिङ्गो गाउँपालिकालाई दुई भागमा विभाजान गर्न लागी परेका छन्। साविकको सुन्द्रवाती गा.वि.स र अहिलेको गाउँपलिकाको वडा नम्बर ८ सुन्द्रवाती भन्ने स्थानलाई कालिन्चोक गाउँपालिका बाट छुट्टाएर नजिकको भिमेश्वर नगरपालिकामा उक्त गाभ्न केही व्यक्तिहरु दिनरात नभनी हात धोएर लागि परेको गोप्य स्रोत वाट जानकारी आएको छ। केही व्यक्तिहरु सि.डि.यो कार्यलय देखि प्रहरी कार्यलय सम्म अझै धाईरहेका छ।यता स्थानीय सञ्चार माध्यम देखि सामाजिक अभियन्ताले भने “सिङ्गो गाउँपालिका टुक्राउन नहुने, तर केन्द्र विवादलाई सहमतिको माध्यम बाट निष्कर्षमा पुर्‍याउनु पर्छ भन्ने सल्लाह सुझाव दिएका छन।

यो पनि पढ्नुहोस : कालिन्चोक गाऊँपालिकामा जनप्रतिनिधि र कर्मचारीद्वारा चरम् लापरवाही

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button