प्रदेश ५मुख्य समाचार

सिमा मिचिएको विषयमा अनेरास्ववियु गुल्मीले जारी गर्यो प्रेस विज्ञप्ति

मधुसुधन पाण्डे
गुल्मी : भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपालका भुभाग लिपुलेक,कालापानी,लिम्पियाधुरा लगायतका भुभाग समेटेको विरोधमा अनेरास्ववियु गुल्मीले प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ।अनेरास्ववियुका संयोजक राजेन्द्र बिक्रम कुवर तथा भरत चन्दको हस्ताक्षरित विज्ञप्तिमा भारतले भर्खर सार्वजनिक गरेको नक्सामा नेपालका भुभाग समेटिएको भन्दै चर्को विरोध गरिएको छ ।

विज्ञप्तिमा लेखिएको छ

नेपालको सार्वभौमसत्ता,भौगोलिक अखण्डता एंवमा राष्ट्रिय स्वाधीनतामाथि धावा बोल्दै हालै भारत सरकारद्वारा प्रकासित भारतको नक्सामा नेपालको भुमि कालापानी,लिपुलेक,लिम्पियाधुरा लगायतका भुभागहरु समेटिएकाे विषयले हाम्रो संगठन अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण गराएको छ ।

एेतिहासिक सहमतिका दस्तावेज एंवम ईतिहासले नेपालको भुमि पुुस्टि गर्ने भुभागमाथि भारत सरकारले गरेको अतिक्रमण अस्विकार्य एवम आपत्तिजनक छ।सीमा विवादका कारण दुनियाँमा निम्तिएका विनाशकारी राजनितीक दुर्घटनाहरु स्मरण गराउदै नेपालसँगको सहमति र समझदारीविना एकपक्षीय ढगले भारतले नेपालको भुमि अतिक्रमण गरि सार्वजनिक गरेको नक्सा यथासिघ्र सच्याउन माग गर्दछौ ।

ईतिहासमा कसैको गुलाम नबनेको देश नेपाल र नेपालीहरुले नै सिमाको रक्षा गरि जोगाईएकाे
देश भारतले नेपालप्रति समानतामा आधारित सम्मानजनक व्यवाहार गर्नुको सट्टा निरन्तर राजनीतिक,आर्थिक ,सांस्कृतिक तथा भौगोलिक रुपमा गरिरहेकाे थिचोमिचो,अन्याय एंवम अपमान कुनैपनि देशप्रेमी जनताको लागि स्वीकार्य छैन ।

आफ्नो भुमिको रक्षा गर्नु राज्यको मुल दायित्व हो।नेपाली भुमि,राष्ट्र,राष्ट्रिय एवम स्वाधीनताको रक्षाका लागि प्रभावकारी कुटनितिक पहल गरी देशका विभिन्न क्षेत्रमा विधमान सिमा विवादहरु अब उप्रान्त नबल्झिने गरि समाधान गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौं।

देशको भुगोलको रक्षा गर्नु सम्पूर्ण देशभक्त नेपालीको साझा चासो र दायित्वको विषय हो नेपाल र नेपाली भुमि हाम्रो अस्तित्व हो पहिचान हो।तसर्थ भारतले नेपालमाथि अार्थिक समाजिक सांस्कृतिक भौगोलिक लगायतका क्षेत्रमा विभिन्न ढगले गरिरहेकाे अन्याय,सिमा अतिक्रमण शोषण थिचोमिचो र अपमानका विरुद्ध साझा ढगले प्रतिवादमा उत्रन र सरकारलाई समस्या समाधानका लागि आवश्यक दबाब सिर्जना गर्न सम्पूर्ण देशभक्त नेपाली युवा बिद्यार्थी समुदायमा हार्दिक अनुरोध गर्दछौ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button