मुख्य समाचारसमाज

आज हरिवोधनी एकादशी

कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशीका अवसरमा आज बिहानैदेखि देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु आजै जागा हुने विश्वास सहित विशेष पूजा गरिन्छ ।

हरिशयनी एकादशीका दिन घरको मठमा रोपिएको तुलसीलाई हरिबोधनी एकादशीका दिन भगवान् विष्णुसँग विवाह गरिदिने प्रचलन रहेको छ । यसैले यो दिनलाई तुलसी विवाह पनि भन्ने गरिन्छ ।

असारदेखि कात्तिकसम्म तुलसीको विशेष पूजा गरिने भएकाले यो समयलाई चतुर्मास भनिन्छ । हरिबोधनी एकादशीका दिन मुलकभरका विष्णु मन्दिर तथा त्रिवेणीमा विशेष मेला लाग्दछ ।

हरिबोधिनी एकादशीको महत्व

अरू एकादशीहरूको भन्दा हरिबोधिनी एकादशीको महत्व बढी भएको धर्मशास्त्रमा उल्लेख गरिएको छ । एकादशी महात्म्यमा वर्णन गरिएअनुसार आषाढ शुक्लपक्षको एकादशीदेखि चतुर्मास्यव्रत प्रारम्भ गरिन्छ भने कार्तिक शुक्ल पक्षको एकादशी व्रत सम्पन्न भएपछि विधिपूर्वक पारण गरी उक्त व्रत समापन गरिन्छ । सबै एकादशीभन्दा हरिबोधिनी एकादशी ठूलो भएकाले यो एकादशीलाई ठूली एकादशी पनि भन्ने गरिन्छ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button