कला साहित्य

मदन पुरस्कार बिजेता साहित्यकार झमक घिमिरेको जिवनमा आधारित फिल्म `जीवन काँडा कि फूल´

काठमाण्डाै – गएको शुक्रबारदेखि नेपाली कृतिमा आधारित चलचित्र जीवन काँडा कि फूल प्रदर्शनमा आएको छ ।

यसका मुख्य कलाकार हुन् किसान सुनार र सारिका घिमिरे । यी दुवैले सुशिल क्षेत्री समावेश भएको ‘आगो २’ बाट नेपाली रजतपटमा डेब्यु गरेका थिए । त्यसपछि दुवैैले केही चलचित्र खेले पनि खासै चर्चित हुन सकेनन्।

निकै संघर्षपूर्ण जीवन बाँचेकी घिमिरेको पहिलो र सफल कृति ‘जीवन काँडा की फूल’नामबाटै निर्माण भएको यो चलचित्र बिनोद बिष्टले निर्माण तथा निर्देशन गरेका हुन् ।

किसान यो चलचित्रमा झमक घिमिरेको बुवाको भूमिकामा छन् जो आफ्नी छोरीका लागि भगवानसरह हुन्छन् । तर उनी छोरीको शारीरिक अपाङ्गताका कारण निर्दयी बन्न बाध्य छन् ।

चलचित्रमा झमक सानो छँदाको भूूमिकालाई भारत सिलिगुडीकी अवस्था थापाले निर्वाह गरेकी छन् । चलचित्रको पोष्टरमा समेत अवस्थाकै तस्बिर छ । जसले झमक सानो हुँदाको हुबहु अभिनय गरेको भन्दै धेरैले प्रशंसा पनि गरेका छन् ।

यस्तै झमक ठूलो भएपछिको भूमिकामा काठमाण्डौकी रोजिता बुद्धाचार्य छिन् । झमकले सानोमा क ख रा लेख्न सिकेको र ठूलो भएपछि पुस्तक लेख्दाको अवस्था चलचित्रको सबैभन्दा बलियो पक्ष मानिएको छ ।

चलचित्रमा झमकको बहिनीको भूमिकामा भने सारिका घिमिरे छिन् भने आमाको अभिनय उमा गिरीले गरेकी छन्।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button