कला साहित्य

हिमोढ पहाडीको एक गजल – जब देशलाई दुख्छ अनि कुरा हुन्छन स्वाभिमानी

जब देशलाई दुख्छ अनि कुरा हुन्छ स्वाभिमानी
सिमाना मिच्छ छिमेकीले पूरा हुन्छ स्वाभिमानी

सिंहदरबारमा निदाउन जानेकाे छ मेराे सरकार
राष्ट्रियतामा चलाएर अाफैँ छुरा हुन्छ स्वाभिमानी

सरकारलाई कालापानी दुखेकाे थाहा छ महाशय
अाफूसँगै पाे रुन्छ लिम्फियाधुरा हुन्छ स्वाभिमानी

नारा मै सिमित राष्ट्रियता सत्ताकाे भर्याङ बन्छ
सरकार निदाउँछ पिएर सुरा हुन्छ स्वाभिमानी

आऔं राष्ट्रियताकाे विगुल बजाऔं देश बचाउन
हामीले उठाऔं हाम्रा पाखुरा हुन्छ स्वाभिमानी ।

सर्जक : हिमोढ पहाडी

दाङ्ग, नेपाल।

हाल: पोर्चुगल

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button