प्रदेश ५

सिमा विबादलाई अब मौसमी कुरामा सिमित नराखी सदाका लागी टुंग्याउ : (परराष्ट्रबीद डा. दिनेश भटराइ)

परराष्ट्रबीद डा. दिनेश भटराइले सिमा विबादलाई अब मौसमी कुरामा सिमित नराखी सदाका लागी टुंग्याउन सुझाब दिनुभएको छ ।

उहाँले सिमाका विषय बेला बेलामा उठ्ने अनि सेलाउने गरेको भन्दै अब राम्रोसँग गृहकार्य गरेर सिमा विबाद टुंगो लगाउनुपर्ने बताउनुभयो । रिपोटर्स क्लब प्रदेश ५ ले आज बुटवलमा गरेको कार्यक्रममा सरकारका पूर्व विदेश मामिला सल्लाकार समेत रहनुभएका भटराइले यतीबेला प्रधानमन्त्रीलाई सबै दलको साथ रहेकाले कालापानी, लिपुलेक र लिम्पीयाधुरा लगायतका सिमा विबाद समाधान गर्नुपर्ने बताउनुयभो ।

दुइ छिमेकी देशबीच महत्वपूण सम्बन्ध भएकाले उत्तेजीत नभइ दृढ तरिकाले भारतसँग कुरा गरेर सिमाका विषय हल गर्नुपर्ने उहाँको भनाइ छ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button