प्रदेश ५राजनीति

अर्घाखाँचीको मालारानी हुने उपनिर्वाचनका लागि ३ खनालको मनोनयन दर्ता

मधुसूदन पाण्डे
अर्घाखाँची : आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा अर्घाखाँचीको मालारानी गाउंपालिका वाड नं. ३ मा तीन जनाको मनोनयन दर्ता भएको छ । मालारानीमा नेकपा,नेपाली काङ्ग्रेस र राप्रपाको मनोनयन दर्ता भएको छ।

नेपाल कम्युनिष्ट पाटी (नेकपा) बाट यमलाल खनाल, नेपाली कांग्रेसबाट शोभाखर खनाल र राप्रपाबाट रणबहादुर खनालले मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ता गर्न गाउगाउबाट झण्डा र चुनाव चिन्ह सहित जुलुस गर्दै मुख्य निर्वाचनको कार्यालय खनदहमा पुगेका थिए ।

कांग्रेस र नेकपाको जुलुसमा ठुलो संख्यामा नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो । आफना उम्मेदवार सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय खनदहमा पाटीका शीर्ष नेताहरु पनि सहभागी थिए । नेकपाको तर्फबाट प्रतिनिधि सभा सदस्य तथा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, जिल्ला इन्चार्ज नजिर मिया, नेकपा अर्घाखाँचीका अध्यक्ष एवं प्रदेश सांसद चेतनारायण आचार्य, प्रदेश सांसद रामजीप्रसाद घिमिरे लगायतका नेता उपस्थित थिए ।

त्यस्तै नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य एवं कांग्रेस केन्द्रिय सदस्य मानबहादुर विश्वकर्मा, कांग्रेस ससदीय दलकि सचेतक पुष्पा भुसाल, जिल्ला सभापति विष्णु प्रसाद खनाल (मुस्कान) लगायतका नेता सहभागी थिए ।

स्थानीय तहको चुनावमा निर्वाचित वडाध्यक्ष जीवन चौहानको दुर्घटनामा परि निधन भएपछि अध्यक्ष पद खाली रहेको थियो ।

जित आफ्नो पक्षमा आउने दावी

मनोनयन दर्ता पछि भएको कार्यक्रममा तिनै तर्फका उम्मेदवार तथा नेताहरुले नतिजा आफ्नो पक्षमा आउने दावी गरे।यसो त यसभन्दा पहिले माओवादी केन्द्र र नेपाली काङ्ग्रेस मिल्दा पनि नेकपा एमालेले जितेको वडामा यसपालि झन माअोवादी केन्द्र र एमाले मिलेपछि नतिजा आफ्नो पक्षमा सजिलै आउने नेकपाका नेताहरुले दावी गरेका छन् भने नेपाली काङ्ग्रेसले मालारानीमा बढेको भष्टाचार रोक्न र युवा पुस्ताको प्रतिनिधित्व हुने हुदा जित आफ्नो पक्षमा पर्ने दावी गरिरहेका छन्।उता राप्रपाका नेताहरुले पनि ठुला दलबाट जनताहरु निरास भएको कारण जनता विकल्पको खोजीमा रहेको हुदा त्यो विकल्प आफुहरुले निर्वाह गर्ने वताएका छन् ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button