खेलकुद

टि -१० लिग आजबाट सुरु हुँदै : पारसको टिमले आज पहिलो खेल खेल्दै

पहिलो पटक अन्तर्राष्ट्रिय फ्रेञ्चाइजीमा पूर्व कप्तान पारस अलराण्डरका रुपमा अनुबन्धित भएका हुन्

टी–१० क्रिकेट प्रतियोगितामा नेपालका पूर्व कप्तान पारस खड्का आवद्ध टीम आबुधाबीको खेल आज हुँदैछ ।

शुक्रबारबाटै शुरु हुने टी–१० मा खड्का आवद्ध टीम आबुधाबीले क्वालान्दर्स सँग राति १०ः४५ बजे खेल्दैछ । पहिलो पटक अन्तर्राष्ट्रिय फ्रेञ्चाइजीमा पूर्व कप्तान पारस अलराण्डरका रुपमा अनुबन्धित भएका हुन् ।

दश हजार डलरमा अनुबन्धित पारस प्लेइङ इलेभेनमा पर्ने संवभाना बढी देखिन्छ । छोटो फम्र्याटको खेलमा बिस्फोटक ब्याटिङकै कारण प्रतियोगितामा छनोट भएका पारस आवद्ध आबुधाबीमा १३ खेलाडी मात्रै रहेकाले खेल्ने संभावना बढी छ ।

अझ पारस अलराउण्डरको भूमिकामा अनुबन्धित छन् अर्का, नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने आवद्ध टीमको खेल भने शनिबार मात्रै शुरु हुनेछ । सन्दीपले अघिल्लो सिजनमै टी–१० खेलिसकेका छन् ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button