प्रदेश ५समाज

दाङ र कपिलवस्तुको सीमा क्षेत्रबाट अत्याधुनिक हतियार सर्ट मेशिन गन‘एसएमजी’ पाँच थान बरामद

दाङ : प्रहरीले दाङ र कपिलवस्तुको सीमा क्षेत्रबाट अत्याधुनिक हतियार सर्ट मेशिन गन‘एसएमजी’ पाँच थान बरामद गरेको छ । दाङ प्रहरीले आज बिहान पत्रकार सम्मेलन गरेर बेवारिसे अबस्थामा ठुलो सख्यामा फेला परेको हतियार तथा गोलिगठ्ठा सार्वजनिक गरेको हो ।

चन्द नेकपाका कार्यकर्ताले दाङ र कपिलबस्तुको सीमाना हुँदै अन्यत्र लैजान लागेको सूचनामा आधारमा प्रहरीले हतियार बरामद गरेको हो

गढवा र कपिलबस्तु शिबनगर नगरपालिकाको सीमानामा रहेका खाली गोठमा झारपातले छोपेर सुटकेशमा राखेको अवस्थामा एसएमजी राईफल पाँच थान, राईफलको म्याग्जिन १३ थान र सोहि उक्त राईफलमा प्रयोग हुने गोलि ३ सय ९० राउण्ड फेला परेको हो ।

फेला परेका हतियार कहाँ कुन प्रयोजनले लैजान लागिएको थियो भन्नेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले चन्द नेकपाका एक जना कार्यकर्तालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा शान्तिनगर–१ पटेरीखोलाका प्रकाश बुढामगर रहेका छन् ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button