समाज

सिमा सुरक्षाको जिम्मा सेनालाई देऊ

सेना देशकाे रक्षक हाे। सेना देशकाे सिपाही हाे। सेना छ, देश छ। सेना छ, सार्वभौम सत्ता छ। सेना छ, देशकाे अखण्डता छ।

नेपालकाे ईतिहास हेर्दा नेपाली सेना राष्ट्र निर्माता पृथ्वीनारायण शाहकाे नेपाल एकिकरण अभियानकाे समय देखि नै संगठित रुपमा बसेकाे पाईन्छ। अर्थात त्यति बेला देखि नै नेपाली सेनालाई भर्ना गर्ने, तालिम दिने र ब्यारेकमा राख्ने गरेकाे पाईन्छ। नेपाली सेनाकाे बहादुरी कै कारण त्यतिबेलाका राजा महाराजाहरुले ग्रेटर नेपाल बनाएका थिए। अर्थात नेपालकाे सिमाना पूर्वमा टिस्टा नदि, पश्चिममा कांगडा र दक्षिणमा हाल भारतीय राज्य उत्तर प्रदेश र बिहारकाे आधा भु-भागसम्म फैलिएको थियाे। बि.स १८७१ देखि १८७३ सम्म भएको नेपाल अङ्ग्रेज युद्धमा नेपाली सेना बिरताका साथ लडेकाे थियाे। नेपाली सेना त्यतिबेला छिमेकी राज्य तिब्बती सेना बिरुद्ध पनि लडेकाे थियाे।

राणाकालिन समयमा नेपाली सेना बेलायतकाे पक्षमा प्रथम र दाेश्रो बिश्व युद्धमा जापानी सेनाबिरुद्ध लडेकाे थियाे। राणाकालिन समयमा नै उत्तरी सिमा बिबादका कारण नेपाली सेना पुन: तिब्बती र चिनियाँ सेना बिरुद्ध लडेकाे थियाे। राणाहरुले भारतमा भएको सिपाही बिद्राेह दमन गर्न नेपाली सेनालाई पठाएकाे देखिन्छ।

गणेश बस्नेत

पंचायती कालमा नेपाली सेना खम्बा बिद्राेहीहरुसंग लडेकाे थियाे। चीनले स्वतन्त्र राज्य तिब्बतका राजा दलाई लामालाई पदच्युत गरि तिब्बत कब्जा गरेपछि दलाई लामाका समर्थकहरु नेपालकाे हिमाली जिल्लामा आई चीनबिरुद्ध हतियार उठाएका थिए। चीनकाे कडा दबाब पछि नेपालले खम्बा बिद्रोहलाईलाई ठेगान लगाएकाे थियाे। २०५२ सालदेखि देशमा भएको सशस्त्र माओवादी बिद्राेहमा देशकाे संविधान अनुसार नेपाली सेना माओवादीबिरुद्ध समेत लडेकाे थियाे।

झन्डै एकलाख संख्या हाराहारी रहेकाे नेपाली सेनासंग २० वटा जहाज र हेलिकप्टर, आधुनिक राईफल, ताेप, रकेट, माेटार्र, ट्याङ्कर, बख्तरबन्ड गाडी,लङ्ग रेन्जमा मार हान्नसक्ने अत्याधुनिक हतियार छन्।

एक लाख सेनामध्ये झन्डै दसहजार सेना संयुक्त राष्ट्र संघकाे अनुरोधमा विभिन्न देशमा शान्ति स्थापना गर्न गएकाे र दस हजारकाे हाराहारीमा बिकट र दुर्गम जिल्लामा सडक बनाउन प्रयोग गरिएको छ। अरु दस हजार सेना जंगली जनावरको सुरक्षाका लागि विभिन्न निकुञ्ज र आरक्षणमा बसेकाे देखिन्छ। देशभित्रकाे दैनिक शान्तिसुरक्षा र भवितब्यकाे लागी बीस हजार सेना जगेडा राखे पनि पचास हजार सेना काम नभएर ब्यारेकमा बसेकाे देखिन्छ।

हाल बर्तमान देशकाे सिमा सुरक्षाको जिम्मेवारी सरकारले सशस्त्र प्रहरी बललाई सुम्पेकाे छ। सशस्त्र प्रहरी बलकाे गठन हुनुभन्दा पहिले सिमा सुरक्षा नेपाल प्रहरीले गर्थ्याे। झन्डै ३७ हजारकाे हाराहारीमा रहेकाे सशस्त्र प्रहरीलाई दंगा नियन्त्रण, शान्ति सुरक्षा, औधाेगिक सुरक्षा, भन्सार तथा राजस्वकाे रेखदेख र सिमा सुरक्षा जिम्मेवारी सरकारले ताेकेकाे छ।

एउटै संगठनले धेरै जिम्मेवारी, सिमित साधन श्रोत र जनशक्तिको अभावले दक्षिणी सिमामा सशस्त्र प्रहरीको उपस्थिति निकै कमजाेर छ। सशस्त्र प्रहरी इन्स्पेक्टरको कमान्डमा ३५ जना प्रहरी रहेकाे सशस्त्रका सिमा पाेष्ट (भिओपी) राखिए पनि सिमामा सशस्त्र प्रहरीका पाेष्टहरु न्यून छन्। अझ दुर्गम र बिकट उत्तरी सिमामा त सशस्त्र प्रहरीको उपस्थिति नै छैन।

दाङ्ग जिल्लाकाे ८३ किलाे मिटर भारतीय सिमामा जम्मा दुईवटा मात्र सशस्त्रका पाेष्ट छन्। उता भने भारतले नेपालकाे पूर्वदेखि पश्चिम सिमानामा प्रत्येक ५ किलोमिटरमा सत्तरी जना रहने गरि एसएसबीका पाेष्टहरु राखेकाे छ।

कालापानी, लिम्पियाधुरा र लिपुलेक मात्र हाेईन सयौं नेपाली भुभाग भारतले मिचेकाे छ। राज्यकाे उपस्थिति सिमामा न्यून हुदा भारतीय एसएसबीकाे आतंकले सिमा नाघेकाे छ।

अबैध हातहतियारकाे काराेवार, लागू पदार्थको ओसारपसार, नेपाली चेलिबेटीकाे बेचबिखन हुनुले पनि दक्षिणी सिमामा झन समस्या थपिएको छ।

तसर्थ नेपाली सेनाले मात्र देशकाे सिमा रक्षा गर्न सक्छ। नेपाली सेनासंग पर्याप्त साधन, श्रोत र जनशक्ति छ। नेपाली सेनासंग दृढ़ संकल्प छ। देशभक्तिकाे भावना छ। युद्ध अनुभव छ। सबै देशभक्त नेपालीहरुले सिमामा सेना परिचालन गर्नेबारे आजैदेखि सशक्त आवाज उठाऔ।

गणेश बस्नेत

घोराही, दाङ्ग
हाल: रियाद, साऊदी अरब।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Check Also

Close
Back to top button