राजनीति

श्रममन्त्री गोकर्ण विष्टलाई मन्त्रीबाट हटाएकोमा प्रधानमन्त्री ओलीको चर्को आलोचना

निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आफू थप उर्जा र प्रेरणाकासाथ मन्त्रीबाट बाहिरिएको प्रतिक्रिया दिएका छन।

बिहीबार उहाँले आफ्नो फेसबुक पेजमा एक स्टाटसमार्फत ‘जति दिन श्रममन्त्रीको रुपमा रहेँ – वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमान्दारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ भनेर जनाएका छन । अहिले मन्त्रीबाट बाहिरिएको छु थप उर्जा र प्रेरणाका साथ आगामी दिनहरुमा नेपालको श्रमक्षेत्रमा गर्नुपर्ने सुधार धेरै भएको औंल्याएका छन।

उनले मन्त्रीको रुपमा काम गर्ने अवसर दिएको भन्दै प्रधानमन्त्रीप्रति कृतज्ञता पनि प्रकट गरेका छन । यस्तै सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबैलाई धन्यवाद दिएका छन।

मन्त्रिपरिषद पुनर्गठनको क्रममा मन्त्री विष्टलाई समेत हटाइएको भन्दै धेरैले प्रधानमन्त्रीको चर्को आलोचना गरेका छन् । विष्टले सुरक्षित वैदेशिक रोजगारी, देशभित्रै कामको अवसर र श्रमको सम्मान तथा सामाजिक सुरक्षाको क्षेत्रमा धेरै नै सुधारको प्रयास गरेका छन। विशेष गरि खाडी मुलुकहरुमा गएका नेपाली श्रमिकहरुले प्रधानमन्त्री ओलीको यस्तो कार्यप्रति सामाजिक संजालमा तिव्र रोष प्रकट गरेका छन।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button