
मुस्ताङ र मकावनपुर जिल्लामा रहेकाे युरेनियमलाई उत्खनन् गर्न सक्ने हाे भने नेपाली सेना अत्याधुनिक हातहतियारले सु-सुज्जित हुन सक्छ।
के हाे त युरेनियम?
युरेनियम (Uranium) बिश्वकाे महङ्गो धातु युरेनियम चाँदि रंगकाे सेताे हुन्छ। याे एक रेडियाे एक्टिभ रसायनिक पदार्थ हाे। अर्थात युरेनियम सबैभन्दा बढि पारमाणिक भार भएको रेडियाेधर्मि धातु हाे। युरेनियमकाे संकेत (symbol) U हाे भने एटाेमिक नम्बर (atomic number) ९२ हाे।
सन १९७० मा जर्मनका बैज्ञानिक मार्टिन ह्यान्डिज ग्लाेबालले युरेनियम पत्ता लगाएका थिए। बिश्वमा सबैभन्दा धेरै युरेनियम उत्पादन गर्ने राष्ट्र कजाकस्तान हाे। युरेनियलाई बिकसित राष्ट्रहरुले परमाणु बम बनाउन र बिधुतिय उर्जा उत्पादन गर्नमा प्रयोग गर्छन्। यसकाे माग बिश्वमा अत्यधिक छ। अन्तर्राष्ट्रिय बजारमा हाल प्रशोधित युरेनियमकाे मूल्य प्रती केजी ३०० अमरेकि डलर रहेकाे छ।
नेपालमा युरेनियम पाईने स्थान
नेपाल सरकारकाे मातहतमा रहेकाे खानी तथा भुर्गव बिभागले गरेकाे प्रारम्भिक अध्ययनबाट मुस्ताङ जिल्लाकाे लाेमाथाङ्क र छाेसे क्षेत्रमा युरेनियम पत्ता लागेकाे छ। त्यस्तै त्रिभुवन बिश्वबिद्धालय भौतिकशास्त्र बिभागका प्रोफेसर देबिदत्त पौडेल र अर्जुन पाठकले गरेकाे खाेज, अध्ययन र अनुसन्धानले मकावनपुर जिल्लाकाे कालापानी, चाँदे, तिनभँगाले र मामदमार क्षेत्रमा पनि युरेनियम भएको पत्ता लागेकाे छ।
युरेनियम लाई कसरी उत्खनन् गर्ने?
युरेनियम महङ्गो र संबेदनसिल धातु भएकोले यसकाे सुरक्षामा बिशेष ध्यान दिनु पर्छ। सरकारले नेपाली सेनालाई नै युरेनियम उत्खनन, प्रशोधन र निर्यातकाे लागि अधिकार, अादेश र अाबश्यक बजेट दिएर सहयाेग गर्नु पर्छ। नेपाली सेनाले युरेनियम उत्खननकाे लागि एक मिशन गठन गर्न सक्ने छ। मिशनमा सेनाले अाफ्नै सैन्य बिज्ञ र प्राबिधिकहरु हुने छन्। अाबश्यक परे सेनाले बाहिरबाट पनि बिज्ञ, दक्ष प्राबिधिकहरु लाई ल्याएर अस्थायी करारमा काम लगाउन पनि सक्नेछ।
“उत्पादित युरेनियम लाई कसरी अन्तर्राष्ट्रिय बजारमा पुर्याउने”
अन्तर्राष्ट्रिय ग्लाेबाल टेन्डर अाह्वान गरेर ईच्छुक देशहरु लाई युरेनियम बेच्न सकिने छ। युरेनियम बिक्री गर्दा अाउने रकम सेनाले एक छुट्टै बिशेष काेष बनाई सेनाकाे अाधुनिकिकरनकाे लागि काेषकाे रकम खर्च गर्न सकिने छ।
युरेनियमकाे उत्पादन र निर्यातमा नेपाल सरकारकाे दृढ़ संकल्प र ईच्छाशक्तिकाे अाबश्यक छ। युरेनियम बिक्रिबाट अाउने पैसाले नेपाल ५ बर्ष भित्रमा नै कायापलट हुन सक्छ। नेपाली सेनालाई अबकाे २० बर्ष पछि ५ लाखकाे संख्यामा पुर्याउन पनि सकिने छ। नेपाली सेना शीत अत्याधुनिक राईफल, बख्तरबन्द गाडि, मिशायल र लडाकु बिमानहरु जस्ता युध्द सामाग्री हुनेछन्।
नेपाली सेना शक्तिशाली भयाे भने देशकाे उत्तरी र दक्षिणी सिमामा बलियो खम्बा भएर उभिने छ। देशको एक ईन्च भुमि पनि मिच्न दिने छैन्। देशकाे दुर्गम र बिकट जिल्लाहरुमा सडक र पुलहरु बनाउने छ। युवाहरु सेनामा भर्ति भएर राेजगारकाे अबसर पाउने छन्। द्वन्द्व ग्रस्त देशमा शान्ति स्थापना गर्न जाने नेपाली शान्ति सेनाकाे संख्या बढ्ने छ। जसबाट नेपालकाे छवि अन्तर्राष्ट्रिय जगतमा उच्च हुनेछ।
घोराही, दाङ्ग
हाल: रियाद, साऊदी अरव