सुदुरपश्चिम प्रदेश

एनआरएन नाईजेरियाद्वारा मृगौला पिडित चौधरीलाई आर्थिक सहयोग

गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्य समिति लेगोस, नाईजेरियाले गत तिहारमा देउसी खेली जम्मा गरेको रकम आफ्नो कल्याणकारी कोषको माध्यम टिकापुरका मृगौला पिडित रमेश चौधरीलाई सहयोगार्थ प्रदान गरेको छ। करिब पैसठ्ठी हजार आठ सय सतसठ्ठी रुपियां बराबरको सहयोग रकम कैलालीको टिकापुर नगरपालिकास्थित सितापुरका स्थायी वासिन्दा चौधरीलाई प्रदान गरेको हो। चौधरीको दुबै मिर्गौला काम नलाग्ने भएपछि उनलाई काठमाडौंस्थित त्रिबि शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराऊंदै आईएको छ। बिपन्न परिवारका चौधरीको उपचार सहयोगस्वरुप एनआरएन नाईजेरियाले उक्त रकम प्रदान गरेको हो। एनआरएन नाइजेरियाका सदस्यहरुमध्ये हिक्मत थापा १०० डलर, चिरञ्जीवी रोका १०० डलर, विश्वास पौडेल १०० डलर, बिदुर घिइरे ५० डलर, संजय थापा १०० डलर, अभिषेक मान सिंह ५० डलर, आशा श्रेष्ठ सरकार २८ डलर र सोनेश अर्याल ५० डलर गरि जम्मा ५७८ डलर बराबरको सहयोग रकम आज उक्त संस्थाले टिकापुर सरोकार समूह मार्फत उनकि श्रीमति रिताकुमारी चौधरीको खातामा हस्तान्तरण गरेको हो। यसअंघि पनि नाईजेरियाकै अर्का मनकारी युवा राजेन्द्र वक्सीद्वारा पनि मृगौला पिडित चौधरीको सहयोगार्थ २२ हजार ६ सय रुपियां हस्तान्तरण भैसकेको छ।

दैनिक मजदूरी गरिखाने रमेश चौधरीको दुबै मिर्गौला काम नलाग्ने भएपछि मृगौला फेर्नुपर्ने भएको छ। मिर्गौला दानका लागि परिवारका सदस्य बाट खोजी जारी भएता पनि प्रत्यारोपणका लागि करिब १० लाख खर्च लाग्ने बताईएको छ। जुन रकमको जोहो गर्न उनको परिवारलाई असम्भव प्राय हुनाले देशविदेशमा रहनुहुने महानुभावहरुले बैंक अफ काठमाण्डौको खाता नं.२१२८००००१२०४५२४ मा रिता कुमारी चौधरीको नाममा धेरथोर सहयोग गरिदिनुहुन हाम्रो पनि विनम्र आग्रह छ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Check Also

Close
Back to top button