अनुदान दुरुपयोग गर्ने अनुदान ग्राहीबाट रकम असुलउपर गर्न तथा कर्मचारीहरुलाई कारबाही गर्न निर्देशन

जागरणपोस्ट ७ मंसिर २०७६, शनिबार १२:०२

प्रदेश सभाको कृषि, वन तथा वातावरण समितिले अनुदान दुरुपयोग गर्ने अनुदान ग्राहीबाट रकम असुलउपर गर्न तथा कर्मचारीहरुलाई कारबाही गर्न निर्देशन दिएको छ ।

प्रदेश ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई समितिले आफ्नो अनुगमन प्रतिबेदन बुझाउदै अनुदान दुरुपयोग गर्ने अनुदानग्राही र कमिसन माग्ने कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएको हो । कारबाहीका लागि समितिले अनुदानग्राही किसानसँग कमिसन माग्ने कर्मचारी र दुरुपयोग गर्ने किसानको नाम सहितको प्रतिवेदन मन्त्रालयलाई बुझाएको छ ।

सो प्रतिवेदन मुख्यमन्त्री कार्यालय, सभामुख र मन्त्रालयलाई बुझाइएको समितिका सभापति विजयबहादुर यादवले जानकारी दिनुभयो । मन्त्रालयका मत्स्य विकास अधिकृत दीपक भुसाल र पौडेल थरका लेखापालले कमिसन मागेको प्रतिवेदनमा उल्लेख छ । दाङका मासु व्यवसायी बलिराम खत्रीबाट मत्स्य विकास अधिकृत दीपक भुसालले एक लाख ५० हजार रुपैयाँ अनुदान माग गरेको किटानी प्रतिवेदन उल्लेख गरिएको छ ।

समितिले अनुदान दुरुपयोग गर्ने किसानबाट रकम फिर्ता गर्न र कमजोरी गर्ने कर्मचारीलाई कारबाही गर्ने मन्त्रालयलाई निर्देशन दिएको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६