प्रदेश ३समाज

दोलखा कला प्रबर्द्धन समाजको वनभोज कार्यक्रम तय मङ्सिर २१ गते किर्तिपुर चोभार जाऊ

अभिनय कार्की
दोलखा : दोलखा कला प्रवर्द्धन समाजले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ । आगामी मंसिर २१ गते किर्तीपुरको चोभारमा वनभोजको कार्यक्रम हुने संस्थाका अध्यक्ष जित बहादुर खड्काले जानकारी दिनुभयो ।

लामो समय देखि गीतसङ्कगीतमा लागेका दोलखाका कलाकारहरुलाई एकजुट बनाउन सहज हुने भन्दै यस संस्था दर्ता गरिएको हो । संस्था सबै बिधाका कलाकार र ब्यवसायीहरुलार्इ पनि समेटेर अगाडि बढ्ने संस्थाका सचीव तिर्थ बस्नेत र लोक गायक असिम कटुवालले जानकारी दिनुभयो । यता संस्था स्थापना भएको पहिलो वर्षमानै देउसी भैलो कार्यक्रम पनि आयोजना गरिएको थियो।देउसी भैलो कार्यक्रममा सस्थामा रहेका सम्पुर्ण सदस्यहरु देखि दोलखाका प्रतिष्ठित कलाकार पनि सहभागीता रहेको र देउसी भैलो कार्यक्रम सहजै रुपमा सम्पन्न गरेको प्रस्ट पार्नुभयो ।

यो संस्था भर्खरै जन्मेको शिशुको अबस्थामा रहेको र उहाँले आगामी दिनमा सबै अग्रज नयाँ कलाकारलाई समेटेर सम्पुर्ण दोलखालीको संरक्षक संस्था बनाउने कोषिस गरिरहेको बताउनुभयो । वनभोजमा चर्चित कलाकारहरुको रमाइलो प्रस्तुती समेत रहने भएकाले ईच्छुक सबैले उपस्थित हुन पाउने संस्थाका सचीव तिर्थ वस्नेतले जानकारी दिनुभयो ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button