प्रदेश ३समाज

महिला माथी दोलखामा वोक्सीको आरोप लगाउदै समाज बाट वहिष्कार गराउन लागी परेका विरुद्द जिल्ला अदालत दोलखामा मुद्दा दायर

साभार समाचार
दोलखा : दोलखाको विगु गाउँपालिकाको वडा नम्वर ५ अन्तर्गत स्याँखु भन्ने ठाउँमा एक परिवारलाई वोक्सा वोक्सीको आरोप लगाई गाउँ निकाला गर्ने विरुद्ध जिल्ला अदालत दोलखामा प्रहरीले मुद्धा दायर गरिएको छ ।

स्थानिय एक श्रीमान श्रीमतीलाई वोक्सा वोक्सीको आरोप लगाएको भन्दै स्याँखु निवासी रत्न नारायण श्रेष्ठ सहित ९ जनालाई आज जिल्ला अदालत दोलखामा वोक्सीको आरोपमा कसुर र सजाय ऐन २०७२ अनुसार मुद्धा दर्ता गरी अदालतबाट म्यद थप गरी अनुसन्धान भई हरको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

बोक्सीको आरोप लगाई गाली गलौज तथा अमानविय व्यहवार गरेको भन्दै निजको छोरा भाजुराम श्रेष्ठले ईलाका प्रहरी कार्यालय सिंगटीमा उजुरी दिए पश्चात स्याँखु निवासी ४५ वर्षिय रत्न नारायण श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय सिंगटीको टोलीले शनिवार पक्राउ गरिएको थियो ।

शनिवार गाउँवाटै पक्राउ परेका रत्न नारायण श्रेष्ठलाई आज जिल्ला प्रहरी कार्यालय दोलखामा ल्याइएको थियो भने अन्यको खोजी भई रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका श्रेष्ठ सहित स्थानीय ९ जना विरुद्धमा मुद्धा दर्ता भएको र थप विषयमा प्रहरीले अनुसन्धान गरी रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक रेशम वोहोराले जानकारी दिनु भयो ।

विगु गाउँपालिका वडा नम्वर ५ निवासी ५८ वर्षिय रत्न बहादुर श्रेष्ठ र निजको श्रीमती ५६ वर्षिय कृष्णमाया श्रेष्ठलाई स्थानीय व्यक्तिहरुले बोक्सीको आरोप लगाई गाँउ निकाला गर्ने निर्णय गरेका थिए । स्थानिय ४५ वर्षिय रत्न नारायण श्रेष्को नेतृत्वमा स्थानिय उपभोक्ता समुहका सदस्यहरु सहित ११३ जनाको उपस्थितीमा समुहको भवनमा भेला गराई गाउँ निकाला गर्ने निर्णय गरेका थिए ।

मङसीर १ गते गाउँले भेला भई विभिन्न आरोप लगाई गाउँ निकाला गर्ने निर्णय गरेपछि पिडितहरु न्याय माग्नका लागि शनिवार चरिकोट आएका छन् । समुहमा भेला भएका स्थानीयहरुले आफुहरुले केहि नगरेको र वोक्सी नभएका भनी हारगुहार गर्दा समेत विभिन्न आरोप लगाई वोक्सा वोक्सी हो भन्नी भन्न लागाएको र सहि छाप गर्न लगाएको पिडितहरुले बताएका छन् ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Check Also

Close
Back to top button