राजनीति

ओलीको राष्ट्रवाद सिमानामा छताछुल्ल- डा.चन्द्र भन्डारी

नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. चन्द्र भण्डारीले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रियता सिमानामा गएर छताछुल्ल भएको बताएका छन। साथै उनले देशको सुरक्षा गर्न नसक्ने सरकारलाई डांडा कटाउनुपर्ने पनि बताएका छन् । भारतले नेपालको सीमा मिच्दा समेत बोल्न नसक्ने सरकारको खोक्रोराष्ट्बाद उदाङ्गो भएको उनको भनाइ छ ।

देशभक्ति देखाएर दुई तिहाईको बहुमत ल्याउन सक्ने कम्युनिष्टले अहिले लिपुलेक कालापानी, लिम्यिाधुरामा भारतले सीमा मिचेर आफ्नो सेना राख्दा समेत एक शब्द बोल्न नसकेको ओली सरकारले देशको रक्षा गर्न नसक्ने भण्डारीले आरोप लगाए ।

नेपाल राष्ट्रिय मगर संघ र नेपाल आदिबासी जनजाती संघले रुपन्देहीको मुर्गियामा गरेको बिरोध प्रर्दशनपछि आयोजित कोणसभालाइ सम्बोधन गर्दे उनले भने—‘देश गुमाउदा समेत सरकार एक शब्द बोल्दैन उनले प्रश्न गर्दै भने हामीसँग सेना छ प्रहरी छ, खोई त सिमाको रक्षा भएको ?’

नेताको घरमा पर्खाल उठाएर बन्दुक ताकेर सुरक्षा दिन मात्रै सेना प्रहरी राखेको हो ? कांग्रेस नेता भण्डारीले आक्रोश पाखे ।नेपाली कांग्रेस रुपन्देही सभापति अब्दुल रज्जाकले सरकारले नेपाली सेनालाई लिम्पियाधुरा, कालापानी र लिपुलेकको सीमानामा भारतले आफ्नो नक्सा नसच्चाउँदा र नेपाली भूमिबाट सेना र्फिता नगर्दा सम्म आफुहरुको बिरोध प्रर्दशन जारी रहने बताए ।

उनले सरकारले सिमा समस्या सामाधानको लागि छिटो पहल गर्न आग्रह गरे । सविंधानसभाका पुर्व सदस्य तथा कांग्रेस नेता रामहरि खतिवडाले सीमाको समस्या कुटनीतिक पहलबाट हुनुपर्ने सबै राजनीतिक दलले भनिरहँदा समेत सरकारले कुनै कदम चाल्न नसक्नु दुखद भएको बताए ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button