प्रदेश ३राजनीति

कांग्रेस प्रवेश गरेको भन्दै नेकपा कार्यकर्ताद्वारा कुटपिट

चितवन – मंसिर १४ गते हुने उपनिर्वाचनको तयारीका क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताहरुले कांग्रेसका कार्यकताहरुमाथि कुटपिट गरेका छन् ।

कुटपिटबाट उनको टाउको, ढाड र खुट्टामा गम्भीर चोट लागेको बताइएको छ । खैरहनी नगरपालिका वडा नम्बर ४ चैनपुरमा गएराति नेकपाका दिपक मगरसहितका कार्यकताहरुले ४५ वर्षीय टेक बहादुर परियारलाई गएराति अन्धाधुन्ध आक्रमण गरेको नेपाली कांग्रेस चितवनका सभापती जीतनारायण श्रेष्ठले जानकारी दिए ।

निर्वाचनको समयमा केही दिनअघि कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको उपस्थितिमा परियार सहित सयौंको संख्यामा नेकपा परित्याग गरि काँग्रेसमा प्रवेश गरेका थिए ।

निर्वाचनको मुखमा कांग्रेस प्रवेश गरेर नेकपालाई कमजोर बनाउन खोजेको भन्दै आफूमाथि कुटपिट गरिएको परियारले बताए । कुटपिटबाट घाइते परियारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

अघिल्लो स्थानीय तहको निर्वाचनका क्रममा नेपाली कांग्रेसले जीत हासिल गरेको सो वडामा पुनः कांग्रेसकै जित हुने देखेपछि नेकपाका कार्यकर्ता आक्रमणमा उत्रिएको कांग्रेस सभापति श्रेष्ठले बताए । घाइते परियारको अवस्था गम्भिर रहेको श्रेष्ठले जानकारी दिए ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Check Also

Close
Back to top button