खेलकुद

साग : पुरुष फुटबलकाे नयाँ खेलतालिका सार्वजनिक

काठमाण्डाै : दक्षिण एसियाली खेलकुद (साग) मा भारतले सहभागिता नजनाउने भएपछि पुरुष फुटबल टिमको खेल तालिका पनि परिवर्तन भएको छ ।

अखिल नेपाल फुटबल संघले बिहीबार नयाँ खेलतालिका सार्वजनिक गरेको छ । जसमा नेपालले पहिलो खेल भुटानसँग खेल्ने भएको छ । डिसेम्बर तीन तारिखमा हुने खेलमा नेपालले भुटानसँग खेल्नेछ । त्यसपछि नेपालले चार तारिखमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।

राउण्डरोबिन लिगका आधारमा हुने प्रतियोगितामा नेपालले तेस्रो खेल माल्दिभ्सविरुद्ध ६ डिसेम्बरमा खेल्नेछ । लिगका अन्तिम खेलमा नेपालले आठ तारिखमा बंगलोशसँग खेल्नेछ ।

यसका साथै दशरथ रंगशालामा हुने खेलका समय पनि तोकिएको छ । जसमा पहिलो खेल दिउँसो तीन बजे र दोस्राे खेल साँझ ५ बजे हुनेछ । नेपालले सबै खेल साँझ ५ बजे खेल्नेछ ।

सागका लागि राष्ट्रिय खेलकुद परिषद्ले पाँच सय र एक हजार टिकट दर तोकेको छ । यसपटकको फुटबल र क्रिकेटको टिकटको जिम्मा निजी कम्पनीलाई दिएको छ ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button