मुख्य समाचारराजनीति

आगामी शनिवार हुने उपनिर्वाचनका लागि आजदेखि मौन अवधी सुरु

आगामी शनिवार हुने उपनिर्वाचनका लागि आजदेखि मौन अवधी सुरु भएको छ । उम्मेदवारहरुले यो अवधीमा कुनैपनि चुनावी गतिविधी गर्न पाउने छैनन् । उपनिर्वाचन हुने ३७ जिल्लामा गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको हो । कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा, प्रदेशसभातर्फ भक्तपुर, दाङ र बाग्लुङ तथा स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष सहित ५२ स्थानका लागि आगामी शनिवार मतदान हुँदैछ ।

मौन अवधि सुरु भइसकेकाले सञ्चारमाध्ययम, समाजिक सञ्चार तथा कुनैपनि विद्युतिय माध्ययमको प्रयोग गरेर मत माग्न तथा प्रचार प्रसार गर्न पाइने छैन । मौन अवधिमा निर्वाचन आचारसंहिता पूर्ण पालना गरी निर्धक्करुपमा मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्ने अवस्था निर्माण गरिदिन सबैलाई आग्रह गरिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो ।

मौन अवधिमा विभिन्न आश्वासन, प्रलोभन, डर, धाक, दवाव वा प्रभावमा पारी मतदातालाई आतंकित पार्ने, जस्ता कार्य नगर्न नगराउन समेत अयोगले आरोगले आग्रह गरेको छ । उपनिर्वाचनको सम्पुर्ण तयारी पुराभएको जनाएको आयोगले जिल्लाको सुरक्षा अबस्था थप मजबुत बनाएको दावी गरेको छ

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Check Also

Close
Back to top button