गण्डकी प्रदेश

पोखराका ३ ठाऊँमा बम बिष्फोट

मतदाताहरूले मतदान गर्दै गर्दा कास्कीको पोखरामा ३ ठाउँमा बम विष्फोट भएको छ । पोखरा ३३ भरतपोखरीस्थिति सरस्वति टिका मावि, पोखरा ९ को नवाप्रभाव मावि र पोखरा १६ को शान्ति माविमा बम विष्फोट भएको हो ।
३ वटै बम विष्फोट सामान्य भएको प्रहरी प्रशासनले जनाएको छ । बम विष्फोटपछि मतदाताहरू केही तितरवितर भएका थिए ।

बम विष्फोटपछि कांग्रेसका कार्यकर्ताहरूले शान्ति माविमा रहेको बुथ क्याप्चर गर्न प्रयास गरेको भन्दै केही बेर तनावको सिर्जना भएको थियो ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button