प्रदेश ५समाज

ब्यबस्थित छैनन बुटवलका सार्वजनिक शौचालय

"विश्व स्वास्थ्य संगठनका अनुसार हरेक ३ सय मिटरको दुरीमा एउटा सार्वजनकि शौचालय हुनुपर्छ, तर हाम्रो जस्ता विकाशोन्मुख देशमा त्यो कुरालाइ हुबहु पालना गर्ने अवस्था नभएपनि नागरकिको सहजताको लागि न्यूनतम कुराहरुलाई व्यवस्थित बनाएर लैजानु फलदायी हुने देखिन्छ ।"

मदन शर्मा
रुपन्देही : बुटवलमा राखिएका शौचालयहरु ब्यवस्थित बन्न नसक्दा सर्वसाधरणले समस्या झेल्दै आएका छन् । शौचालय स्थापनामात्र गरिने तर त्यसको ब्यवस्थापन राम्रो हुन नसक्दा शौचालय प्रयोग गर्ने सर्वसाधारणले समस्या झल्दै आएका हुन् । नयाँ बसपार्कमा रहेको सार्वजनिक शौचालय ब्यवस्थित छैन । दैनिक ५ सयदेखि ६ सय सर्वसाधरणले शौचालय प्रयोग गर्दछन् । तर शौचालय ब्यवस्थित छैन । शौचालय वरिपरी दुर्गन्ध फैलिन्छ, सरसफाईमा ध्यान दिईदैन । यसले सर्वसाधारणलाई शौचालय प्रयोगपछि निम्तिएको समस्या हो ।

बुटवल बसपार्क भित्र रहेको शौचालयबाट बाहिर निस्कँदै गर्नुभएका पुरन थापाले सार्वजनकि शौचालय भनेको सबैको पहुँचमा हुनुपर्ने बताउनुहुन्छ । नयाँ बसपार्कमा रहेको सार्वजनिक शौचालय ‘कतिपय पूर्व पश्चिमबाट आउने यात्रुलाई थाहाँ छैन । शौचालय कहाँ छ भनेर थाहाँ पनि छैन’–उहाँले भन्नुभयो । ‘कुनोमा नभएर बसपार्कको दुबै काउन्टरलाई बिचमा पारेर बनाउनुपर्ने थियो’ – उहाँको सुझाव छ । उहाँका अनुसार शौचालय छोटो दुरीमा भए राम्रो हुन्थियो । ‘एउटा शौचालय बसपार्कमा छ, अनि अर्को सिधै चौराहमा’ उहाँले भन्नुभयो ‘त्यो बिचमा आवश्कताको बेला कहाँ जानु ?। यस्ता कुरालाई नगरले प्राथमिकताका साथ हेर्नुपर्छ नि, उहाँले फेरी दोहोर्याउनुभयो ।

सर्वसाधारणले सार्वजनिक शौचालय प्रयोग गरेवापत ५ रुपैँया र १० रुपैँया शुल्क तिर्दै आएका छन् । तर शौचालयको अवस्था हेर्दा शुल्क तिरे सरहको व्यवस्था र सुविधा भने नरहेको सर्वसाधारणको गुनासो हो । त्यहाँ भएका अन्य पर्वाधारहरु जस्तै हात धुने स्थान, ढोकाको अवस्था, शौचालय वरिपरीको सरसफाई तथा वृद्धवृद्धा तथा अपाङ्गमैत्री वातावरण पनि यसै भित्र समेटिएर आउने गर्छन् । तर त्यसो भएको पाईदैन ।

त्यस्तै शौच गरेर बाहिर निस्कनु भएका यात्रु रामु आचार्यले शौचालय व्यवस्थित हुनुपर्ने बताउनुभयो । सार्वजनकि भन्दैमा फोहोर र अव्यवस्थित नै हुनुपर्ने नभएको भन्दै उहाँले सार्वजनिक शौचालय पनि काम चलाउ सरहनै गराईएको धारणा व्यक्त गर्नुभयो । साथै शौचालय जस्तो कुरा व्यवस्थित नभएर काम चलाउ नै भएपनि प्रयोग गर्नै पर्ने बाध्यता हुने गुनासो उहाँले गर्नुभयो । बुटवल राजमार्ग चौराहामा रहेको शौचालयको अवस्था पनि उस्तै छ । सेवाग्राहीले शौचालयमा सरसफाई नभएको गुनासो गरेका छन् । शौच गईसकेपछि हात धुने सुविधा समेत राम्रो नभएको गुनासो सेवाग्राहीको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक ३ सय मिटरको दुरीमा एउटा सार्वजनकि शौचालय हुनुपर्छ, तर हाम्रो जस्ता विकाशोन्मुख देशमा त्यो कुरालाइ हुबहु पालना गर्ने अवस्था नभएपनि नागरकिको सहजताको लागि न्यूनतम कुराहरुलाई व्यवस्थित बनाएर लैजानु फलदायी हुने देखिन्छ ।

बुटवल बसपार्क, राजमार्ग चौराह, गोलपार्क लगायत बुटवल उपमहानगरपालिका भित्र हाल १२ वटा सार्वजनकि शौचालय संचालनमा रहेका छन् । जसमध्य ५ वटा शौचालयको सन्चालन समुदाय मार्फत, ४ वटाको ठेक्का प्रक्रिया मार्फत र १ ∕ १ वटा उपभोक्ता समिति र अटो एसोशिएसन मार्फत गरिँदै आएको छ । सम्पूर्ण शौचालयको सँचालनको व्यवस्था बुटवल उपमहानगर आफैले मिलाएको भएपनि शौचालयको सरसफाई, अपाङ्ग मैत्री वातावरणको व्यवस्था तथा जिर्ण भईसकेको भवनको मर्मत सम्भार जस्ता कुराहरु प्राथमिकतामा नराखेको हो कि भन्ने शौचालय रेखदेख गर्दै आईरहेका सन्चालकहरुको गुनासो पनि छ ।

बिगत १० वर्ष देखि नयाँ बसपार्कमा रहेको सार्वजनिक शौचालयको रेखदेख गर्दै आफ्नो गुजारा चलाउँदै आईरहनुभएका पदम बहादुर काउचाले नगरले शौचालय वरिपरी सरसफाइ गरेर फूलहरु रोपेर व्यवस्थित बनाईदिने, जिर्ण भएको भवनको मर्मत सम्भार गर्ने लगायतका कुरालाई कयौँपटक नगरपालिकासँग गुनासो गर्दापनि कुनै सुनुवाइ नभएको बताउनुभयो ।

शैचालयमा रहेका हात धुने बेसिन, शौच गर्ने स्थान तथा त्यहाँ प्रयोग भएका ढोका लगायतका कुराहरु धेरै नै पुराना भईसकेका देखिन्छन् । बुटवल उपमहानगरपालिकाले यसतर्फ ध्यानदिनु पर्ने देखिन्छ । उपमहानगरपालिका अन्तर्गत सरसफाई शाखाका शाखा प्रमुख टोपलाल शर्माले सेवाग्राहीसँग लिएको शुल्क शौचालयको ब्यवस्थापनमै खर्च गरिने बताउनुहुन्छ । उहाँका अनुसार बुटवलको बढ्दो जनसंख्यालाई नगर भित्र रहेका सार्वजनिक शौचालय प्रयाप्त छैन । कयौँ शौचालयलाई अनुगमन गरेर मर्मतसंभार तथा नागरिकमैत्री पनि बनाउने अवस्था छ । तत्कालका लागि उपयुक्त स्थान छनोट गरेर शौचालय बनाइने योजना रहेको र घुम्ती शौचालयको कामलाई पनि अगाडि बढाइएको शाखा प्रमुख शर्माले जानकारी दिनुभयो ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button