खेलकुद

१३ औँ सागकाे उद्घाटनमा नेपालको झण्डा भारत्तोलनका खेलाडी कमलले बोक्ने

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद सागमा उद्घाटन समारोहको मार्चपासमा नेपालको झण्डा भारत्ताेलनका कमलबहादुर अधिकारीले बाेक्ने निश्चित भएकाे छ । यसमा राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काको नाम अगाडि आएपनि अन्तिम समयमा नेपाल ओलम्पिक कमिटीले कमलकाे नाम फाइनल गरेकाे हाे ।

राष्ट्रिय खेलकुद परिषद्ले भने पारसकाे नाम पारीत गर्न सिफारीस गरेकाे थियाे । तर सबै मापदण्ड हेर्दा कमल नै उचित रहेकाे भन्दै ओलम्पिक कमिटीले २ दिनकाे छलफलपछि फाइनल गरेकाे हाे ।

यसका लागि उमेरसँगै जितेको पदक अन्तराष्ट्रिय प्रतियोगिताको सहभागिता कति छ भनेर हेरीएको थियाे । जसमा कमल फिट भएका थिए । राष्ट्रिय खेलकुद परिषद्ले भने पारसलाइ याे माैका दिनपर्छ भनेर अडान राखेकाे थियाे ।

कमलले नेपालका तर्फकाबाट भारत्तोलनमा स्वर्ण जित्नुका साथै ओलम्पिक पनि खेलिसकेका खेलाडी हुन् । उमेरका हिसावले पनि उनी सिनियर रहेकाले उनले बोक्ने भएका हुन् । ओलम्पिक कमिटीले कमलकाे करियर अन्तिम चरणमा रहेकाे र उनलाइ सम्मान दिएजस्ताे पनि हुने भएकाले सागकाे उदघाटनमा नेपालकाे झण्डा कमलले बाेक्ने माैका पाएका हुन् ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Check Also

Close
Back to top button