गण्डकी प्रदेश

कस्की-२ को मतगणना आज रातीबाट शुरु हुने

कास्कीको क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यका लागि भएको चउपचुनावमा झण्डै ६५ प्रतिशत मत खसेको छ ।

पोखरा महानगरपालिकाको ११ वटा वडा रहेको कास्की २ मा बिहान ७ बजेबाट मतदान सुरु भएर साँझ ५ बजे सकिएको हो । झण्डै ६५ प्रतिशत मत खसेको अनुमान गरिएको कास्कीका प्रमुख निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीले जानकारी दिनुभयो ।

बुथहरुमा समन्वयन भइरहेकोले यति नै भयो भनेर भन्न केही समय लाग्ने उहाँको भनाइ छ । ‘कास्की ४ स्थानमा बम पड्किएको बाहेक अन्य स्थानमा शान्तिपूर्ण रुपमा नै मतदान भयो’, उहाँले भन्नुभयो, ‘बम पड्किएका स्थानमा पनि स्थिति सामान्य रुपमै मतदान भयो ।’

कास्की क्षेत्र नम्बर २ को उपचुनावका लागि लागि ३२ मतदानस्थलमा ८२ केन्द्र रहेको थियो । कास्की क्षेत्र नम्बर २ मा १० स्वतन्त्रसहित २१ जना उम्मेदवार चुनावी मैदानमा छन् । कास्की २ मा कुल ७१ हजार ८ सय ७१ मतदाता छन् । पोखरा महानगरपालिकाका विभिन्न ११ वटा वडामध्ये वडा ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ यस क्षेत्रमा पर्दछन् । उपचुनावको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

कास्कीमा मतगणना आजै

कास्की क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना शनिबार रातिदेखि नै सुरु हुने भएको छ ।

शनिबार राति १० बजेपछि मतगणना हुने निर्वाचन कार्यालय कास्कीले जानकारी दिएको छ । साँझ ८ बजेसम्म सबै मतपेटिकाहरु जिल्ला समन्वय समिति कास्कीमा ल्याइसक्ने र दलहरुसँग बैठक बस्ने तय भएको कार्यालयले जानकारी दिएको छ ।

दलहरुसँगको छलफलपछि राति १० बजेदेखि मतगणना सुरु हुने प्रमुख निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीले जानकारी दिनुभयो । मतगणना हुने ठाउँ जिल्ला समन्वय समितिको हलमा सीसी क्यामेरा जडान गरिएको छ । त्यस्तै बाहिरी मान्छेले अवरोध नगरुन भनेर तारजाली लगाएर लगाइएको छ ।

४ ठाउँमा बम विस्फोट

कास्कीको पोखरा महानगरपालिका नयाँबजार, बाघमारा, अर्मला र बाटुलेचौरमा बम विस्फोट भएको थियो ।

पोखरा महानगरपालिका ९ मा रहेको नवप्रभात माविमा मतदान भैरहेका बेला बम विस्फोट भएको थियो । त्यस्तै पोखरा महानगरपालिका ३३ मा रहेकोे सरस्वती टीका माविनजिकै पनि बिहान बम विस्फोट भएको थियो । त्यसैगरी बिहान वडा नम्बर १६ मा रहेको शान्ति मावि मतदान केन्द्रनजिकै बम विस्फोट भएको थियो ।

पोखरा महानगरपालिकाको वडा नम्बर १६ बाटुलेचौरको चण्डिका प्राविनजिकै पनि बम विस्फोट भएको थियो । बम विस्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button