प्रदेश ५

सल्यानको कुमेख गाऊँपालिका-५ मा एमालेका धर्मे बुढाथोकी बिजयी

सल्यानको कुमाख गाउँपालिका वडा नं ५ को अध्यक्षमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार धर्मे बुढाथोकी निर्वाचित भएका छन् ।

शनिबार भएको उप–निर्वाचनमा ७९२ मत ल्याएर वडा अध्यक्षमा विजयी बनेका हुन् । बुढाथोकीले नेपाली कांग्रेसका उम्मेदवार खड्क बहादुर बोहरालाई पराजित गर्दै विजयी भएका हुन् ।

कांग्रेस उम्मदेवार बोहराले २५१मत ल्याएका थिए, भने तेस्रोमा राप्रपाका गोपाल शाहले २१ मत प्राप्त गरेका छन । त्यस्तै ६० मत रद्ध भएको निर्वाचन समितिले जनाएको छ । जम्मा १ हजार १ सय २४ मत खसेको थियो ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button