प्रदेश २

सटर फोरेर ७ थुनुवा फरार

सिरहाको इलाका प्रहरी कार्यालय महेशपुर पतारीबाट सात जना थुनुवा फरार भएका छन् । दिउँसो खाना खुवाउने बेलामा थुनुवा सटर तोडेर फरार भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीका अनुसार दिउँसो खाना खुवाउने बेलामा ११ जना विभिन्न मुद्दाका थुनुवा फरार भएका थिए । जसमा ४ जना पक्राउ परिसकेको छन् । अन्य फरारको खोजी भइरहेको उनले बताए ।

शनिबार भइरहेको उपनिर्वाचनमा प्रहरी जनशक्ति खटिएका थिए । त्यही मौका छोपी थुनुवा फरार भएका छन् ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Check Also

Close
Back to top button