सुदुरपश्चिम प्रदेश

उप-निर्वाचन मतपरिणाम: कांग्रेसले बैतडीमा खाता खोल्यो

उपचुनावमा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार विजयी भैरहेको समाचार आउँदा नेपाली कांग्रेसले बैतडीबाट जितको खाता खोलेको छ ।

बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्रबहादुर चन्द विजयी हुनु भएको छ । मतदानमा खसेको जम्मा ४ सय ३८ मतमध्ये २ सय १९ मत प्राप्त गर्दै उहाँ विजयी हुनुभएको हो ।

उहाँका प्रतिद्वन्द्वी नेकपाका धन बहादुर चन्दले २ सय १५ मत प्राप्त गर्नुभएको छ भने ४ मत बदर भएको बताइएको छ । यस वडामा यसअघि पनि नेपाली कांग्रेसले नै जितेको थियो ।

यस्तै जिल्लाको दोगडाकेदार गाउँपालिका ४ मा भने राति साढे १० बज देखि मतगणना हुने बताइएका ेछ । जिल्लाको पुर्चौडी नगरपालिका ४ मा पनि मतगणनाको तयारी भइरहेको बताइएको छ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button