खेलकुद

साग महिला भलिबल : नेपालको ऐतिहासिक सफलता, फाइनल भिडन्त भारतसँग

काठमाडौं : नेपालको महिला भलिबल टीम १३औँ साग खेलकुदको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति श्रीलंकालाई पराजित गर्दै नेपाली महिला भलिबल टीम फाइलन प्रवेश गरेको हो । नेपालले ३-० को सोझो सेटमा श्रीलंकालाई पराजित गर्दै स्वर्गणपदकको प्रतिस्पर्धा सुनिश्चित गरेको हो। नेपालले अब स्वर्ण पदकका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली महिला भलिबल टीमले श्रीलंकालाई २५-१४, २५-१८ र २५-२१ ले पराजित गरेको हो ।

सागको ईतिहासमा पहिलोपटक फाइनल पुगेको नेपाल यो सँगै सागमा ईतिहास रच्ने पक्का भएको छ । सके स्वर्ण र नभए रजत भएपनी नेपालका लागी यो अहिले सम्मकै सबैभन्दा ठुलो उपलब्धि हुनेछ ।

यता फाइनल पुगेको भारत र नेपाल समूह`ए´मा रहेका थिए । जसअन्तर्गत समूहमा भेट हुँदा नेपाल भारतसँग ३-० को सोझो सेटमा पराजित हुन पुगेको थियो ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button